धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीको रुपमा एकीकृत समाजवादी नेता दीर्घबहादुर सोडारीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ।
प्रदेश प्रमुख नजिर मियाँसमक्ष उहाँले नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार शपथ लिनुभएको हो। उहाँलाई बिहिबार नै प्रदेश प्रमुख नजीर मीयालाइ मुख्यमन्त्री पदमा नियुक्त गर्नु भएको थियो ।
मुख्यमन्त्री सोडारीलाई सङ्घीय सरकारको समीकरणका दल नेकपा (एमाले) १०, नेकपा (माओवादी केन्द्र) १० , नेकपा (एकीकृत समाजवादी) चार , नागरिक उन्मक्तिका सातमध्ये दुई जना र स्वतन्त्रका एक गरेर २७ जनाको समर्थन रहेको छ।
सो संख्या सुदूपश्चिम प्रदेश सभाको प्रदेश सभाको बहुमत हो। ५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा हाल ५२ जना रहेका छन्।
सुदूरपश्चिममा मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत नपाउने भएपछि चैत २२ गते पदबाट राजीनामा दिनुभएको थियो।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts