भोजपुर । आयुर्वेद सेवालाई थप प्रभावकारी बनाउन भोजपुरमा रहेको आयुर्वेद स्वास्थ्य केन्द्रका लागि तीन रोपनी जग्गा निशुल्क प्रदान गरिएको छ ।
भोजपुर नगरपालिका वडा नम्वर ८ पोखरेमा केन्द्रको भवन निर्माणका लागि तीन रोपनी जग्गा निशुल्क प्रदान गरिएको हो । सोही वडामा जग्गा भएर हाल काठमाण्डौ बसोवास गर्दै आउनु भएका जीवराज कोइरालाले आयुर्वेद स्वास्थ्य केन्द्रको सेवा प्रभावकारी बनाउन आफनो नाममा रहेको जग्गा निशुल्क केन्द्रलाई दिनुभएको छ । जग्गादाता कोइरालाले भन्नुभयो, “आफनो जिल्लामा रहेको आयुर्वेद स्वास्थ्य संस्थालाई भवन निर्माण भएर नागरिकलाई प्रभावकारी सेवा दिन सहज होस् भन्ने उद्धेश्यका साथ मैले जग्गा उपलब्ध गराएको हुँ ।”
भाडामा बस्नु परेको अवस्थामा स्वास्थ्य केन्द्रको नाममा जग्गा प्राप्त भएपछि भवन निर्माणको प्रक्रिया अगाडी बढाउन सहज भएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख मनोज कुमार पण्डितले बताउनुभयो । प्रमुख पण्डितले भन्नुभयो, “भवन निर्माणका लागि जग्गा खरिद गर्न बजेट आउँदैन, निशुल्क जग्गा प्राप्त भएको छ, जग्गा प्राप्तीसँगै भवन बनाउने प्रक्रिया सुरु गछौ ।” कार्यालयले हाल घर भाडामा लिएर सेवा दिदै आई रहेको छ ।
कोइरालालाले मालपोत कार्यालय भोजपुरबाट केन्द्रको नाममा जग्गा पास गरी धनीपूर्जा हस्तान्तरण गरि सक्नु भएको छ । सदरमुकाम नजिकै केन्द्रको लागि जग्गा ब्यवस्थापनमा वडाले समेत सहजीकरण गरेको वडाध्यक्ष नवीन प्रधानले बताउनुभयो ।
केन्द्रको लागि जग्गा ब्यवस्थापनमा वडाध्यक्ष प्रधान, जिल्ला समन्वय समितिका प्रमुख कमल थुलुङ राई लगायतको पनि सहयोग रहेको आयुर्वेद केन्द्रका प्रमुख पण्डितले बताउनुभयो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts