मकवानपुर । मकवानपुरमा पानीमा डुबेर एक महिलाको मृत्यु भएको छ।
मृत्यु हुनेमा मकवानपुरको थाहा नगरपालिका वडा न. ४ नारायणझ्याउ बस्ने ७२ वर्षीया लाक्पा शेर्पा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
प्रहरीका अनुसार, आइतबार बिहान धारापानीस्थित खोलामा जम्मा भएको पानीको खोल्सामा शेर्पा मृत भेटिएकी थिइन् । मृतकको श्रीमान श्यामबहादुर थिङले घटनास्थल पुगि सनाखत गरेको प्रहरीले जनाएको छ
शेर्पाको शव पोस्टमार्टमको लागि हेटौंडा अस्पताल ल्याइएको प्रहरीले जानकारी दिएको छ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts