नवलपरासी । नेपालका उपभोक्ताहरु भारतीय सिमावर्ती बजार क्षेत्र जाने क्रम बढ्न थालेपछि पश्चिम नवलपरासी जिल्लाका ब्यापारीहरुले आफुहरु मारमा पर्न थालेको गुनासो गरेका छन् । भारतीय सिमावर्ती बजार र नेपालको बजारमा किनमेल गर्दा कुनैपनि वस्तुको मुल्य दुई गुणा बढी फरक पर्ने भन्दै स्थानीयले भारतीय बजार राेज्न थालेका छन् । जसका कारण नेपाली ब्यवसायीले यहाँकाे बजारको कारोबार कम भएको बताउँदै चिन्ता व्यक्त गरेका छन् ।
नवलपरासी चेम्वर अफ कमर्सले आज बर्दघाटमा आयोजना गरेको भित्ते पात्रो विमोचन कार्यक्रममा बाेल्ने ब्यापारीहरुले उक्त गुनासो गरेका हुन् । राज्य क्षेत्रबाट यस्ता समस्याको समाधान गर्न पहल गर्नु पर्ने जिल्ला समन्वय समितिका अध्यक्ष भगौती प्रसाद यादवले बताउनु भाे । आफ्नो क्षेत्रबाट जिल्लाका उद्योगी ब्यवसायीहरुका समस्याहरु समाधानका लागि आफुले संघ र प्रदेशमा समन्वय गरीरहेको बताउदै अध्यक्ष यादवले राज्यले निति बनाएर कडाई नगर्दा सम्म समस्याहरु जस्ताको तस्तै रहिरहने बताउनु भएको थियो ।
भारतीय सीमाना नजिकको बजारमा बसेर ब्यापार गर्ने ब्यवसायीहरु बढीमारमा पर्ने गरेको गुनासो गर्दै सीमाना नजिकको बजारमा ब्यापारीहरु भन्दा अबैध सामानहरुको सप्लाई गर्नेहरु बस्ने थलो रहेको नवलपरासी चेम्वर अफ कमर्सका अध्यक्ष चन्द्रज्योती बस्यालको भनाई रहेको थियो । ब्यापार नभएर दिक्क परेका ब्यापारीहरुलाई अर्को तिर बैंकहरुले समेत पटक–पटक किस्ता र ऋण असुलीले तर्साउने गरेका कारण ब्यवसायीहरु दोहोरो मारमा परेको अध्यक्ष बस्यालले गुनासो गर्नु भएको थियो ।
त्यसैगरी भारतिय गाडीले भारतमा सस्तो डिजेल हालेर नेपालमा सामान बोक्ने गर्ने गरेका कारण नेपालका ढुवानी ब्यवसायीहरु मारमा पर्नेगरेको नवलपरासी चेम्वर अफ कमर्सका उपाध्यक्ष पेउनारायण न्यौपाने (प्रेम) ले बताउनु भएको छ । पछिल्लो समय नेपालका ब्यापारीहरुले समेत भारतीय गाडीहरुलाई बोलाएर नेपालवाट सामानहरु नेपालकै अर्को स्थानमा सस्तोमा पठाउन प्रयोग गर्ने गरेको खुलासा गर्नु भएको थियो ।
यता एन.एमबि बैंक बर्दघाट शाखा प्रबन्धक रामकुमार भारतीले कोभिड पछि सबै क्षेत्रमा आर्थिक संकट आएको बताउँदै बैंकहरु पनि समस्यामा नै रहेको बताउनु भएको थियो । उहाँले सबैले सबैसंग मिलेर अघि बढ्नुको अर्को विकल्प नरेको बताउनु भएको थियो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता