काठमाडौं । सुजाता केसी अमृत खातीको स्वरमा रहेको लोकदोहोरी गीत ‘आलु तामाले’ सार्वजनिक गरिएको छ । गायक खातीकै शब्द, दीप शंकर चौलागाईंको संगीत र विनोद बाजुरेलीको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
काजिस श्रेष्ठको निर्देशन रहेको गीतको भिडियोमा गायिका केसी र निर्देशक श्रेष्ठको नृत्य देख्न सकिन्छ । डान्सिङ शैलीमा तयार गीतको भिडियोमा केही कोरससमेत प्रयोग भएको छ । सुशील शर्माको निर्माण रहेको भिडियोमा दुर्गा पौडेलको छायांकन, विकाश ज्ञवलीको सम्पादन छ । भिडियो गायिका केसीको आफ्नै अफिसियल युट्युब च्यानल सुजाता केसीमार्फत सार्वजनिक भएको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा