कालीकोट । कालीकोटको शुभकालिका गाउँपालिका वडा नम्बर–६ हाउडीमा बोलरो जीप दुर्घटना भएको छ । हाउडीबाट सुर्खेततर्फ जाँदै गरको कर्णाली प्रदेश ०२००१ च ०६३३ नम्बरको बोलेरो जीप दुर्घटना भएको हो ।
बुधबार बिहान ५ जना यात्रु लिएर सुर्खेत जाँदै गरेको बोलेरोजीप दुर्घना हुँदा ४ जना घाइते भएको इलाका प्रहरी चौकी हाउडीले जनाएको छ । दुर्घटनामा परि चारजना घाइते भएका छन् ।
घाइते हुनेमा शुभकालिका–६ हाउडी निवासी अन्दाजी वर्ष ४० की मञ्जु शाही, सोहीँ वडामा बस्ने अन्दाजी वर्ष ५८ का बीर बहादुर शाही, शुभकालिका गाउँपालिका वडा नं. ५ सुकाटी बस्ने देउरुपा शाही, हाउडी बस्ने वर्ष २० की सम्झना शाही घाइते भएका हुन ।
घाइते भएका चारजना मध्ये ३ जनालाई उपचारका लागि जिल्ला अस्पताल कालीकोट ल्याइएको छ भने सामान्य घाइते २० वर्षीया सम्झनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता