कैलालीमा दिदीबहिनी मृत फेला

रासस
रासस
Read Time = 1 min

सुदूरपश्चिम । कैलालीको मध्यक्षेत्रमा पर्ने घोडाघोडी नगरपालिका-१० थेबर गाउँमा आज दिदीबहिनी मृत फेला परेका छन् ।

स्थानीय कलेसु चौधरीका २७ वर्षीया छोरी श्रीमालु चौधरी र २२ वर्षीया इन्द्रा चौधरी आफ्नै घरको सुत्ने कोठाको धुरीमा झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक पदम विष्टले बताउनुभयो ।

ADVERTISEMENT

“प्रारम्भिक अनुसन्धानमा दुई दिदीबहिनीबीच विवाद रहेको देखिन्छ, दिदीले मुटु रोगको र बहिनीले डिप्रेसनको औषधि खाइरहेको बुझिएको छ,” घटनास्थल पुग्नुभएका प्रहरी उपरीक्षक विष्टले भन्नुभयो, “घटनाका सम्बन्धमा अनुसन्धान थालिएको छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज