काठमाडौं । आर्थिक वर्ष २०८०/०८१ को आठ महिनामा मौद्रिक क्षेत्रको सरकारमाथिको खुद दाबी ४.९ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दाबी ६.३ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८० फागुनमा यस्तो दाबी २१.१ प्रतिशतले बढेको छ भने निजी क्षेत्रमाथिको दाबी ५.६ प्रतिशतले बढेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा पनि यस्तो दाबी ४.६ प्रतिशतले बढेको थियो । २०८० फागुनमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी ५.७ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/०८१ को फागुनसम्मको तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप चार खर्ब ३५ अर्ब ८७ करोड (७.६ प्रतिशत) ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप दुई खर्ब ८० अर्ब ५७ करोड (५.५ प्रतिशत) ले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८० फागुनमा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप १४.६ प्रतिशतले बढेको छ ।
फागुनमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ६.५, २८.० र ५८.७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ७.९, २५.७ र ५९.८ प्रतिशत थियो । फागुनमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३६.५ प्रतिशत रहेको छ । २०७९ फागुनमा यस्तो अंश ३६.८ प्रतिशत थियो ।
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा एक खर्ब ९९ अर्ब ५० करोड (४.२ प्रतिशत) ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा एक खर्ब २८ अर्ब १८ करोड (२.८ प्रतिशत) ले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८० फागुनमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा ५.२ प्रतिशतले बढेको छ । २०८० फागुनमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर-वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जा अंश ६३.२ र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जा अंश ३६.८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६४.६ र ३५.४ प्रतिशत थियो ।
समीक्षा अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकको कर्जा प्रवाह ४.२, विकास बैंकको ३.५ र वित्त कम्पनीको कर्जा प्रवाह ३.९ प्रतिशतले बढेको छ । २०८० फागुनमा बैंक तथा वित्तीय संस्थाको लगानीमा रहिरहेको कर्जामध्ये ११.७ प्रतिशत कर्जाका लागि चालु सम्पत्ति (कृषि तथा गैर-कृषिजन्य वस्तु) सुरक्षणका रूपमा रहेको छ भने ६७.५ प्रतिशत कर्जाका लागि घरजग्गा धितो सुरक्षण रहेको छ ।
२०७९ फागुनमा यस्तो धितोमा प्रवाहित कर्जा अनुपात क्रमशः १२.२ र ६७.५ प्रतिशत थियो । आठ महिनामा बैंक तथा वित्तीय संस्थाको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फ प्रवाह भएको कर्जा ०.३, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ८.७, निर्माण क्षेत्रतर्फको कर्जा ६.०, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ८.३, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा ३.२, सेवा उद्योग क्षेत्रतर्फको कर्जा ५.२ र उपभोग्य क्षेत्रतर्फको कर्जा ६.० प्रतिशतले बढेको छ ।
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा १५.९, नगद प्रवाह कर्जा २४.६, ट्रष्ट रिसिट (आयात) कर्जा ११.५, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) ५.९ र मार्जिन प्रकृतिको कर्जा १२.३ प्रतिशतले बढेको छ भने अधिविकर्ष कर्जा ४३.० (पछिल्लो वर्षको कर्जाको पुनर्वर्गीकरणको कारणसमेत) र हायर पर्चेज कर्जा २०.७ प्रतिशतले घटेको छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts