काठमाडौं । नेपाल टेलिकमले दूरसञ्चार कार्यालय सुन्धाराको क्षेत्राधिकारभित्र पर्ने सम्पूर्ण स्थानमा सञ्चालित पुरानो कपर प्रविधिमा आधारित आधारभूत टेलिफोन(पिएसटिएन) सेवालाई फाइबर टु दी होम (एफटिटिएच) प्रविधिमा स्तरोन्नति गरेको छ । बिहीबार सुन्धारा कार्यालयमा आयोजित एक कार्यक्रमबीच प्रबन्ध निर्देशक संगीता पहाडी अर्यालले कपर प्रविधिको टेलिफोन सेवाको स्विच अफ गरी उक्त सेवा बन्द गर्नुभएको हो ।
कपर प्रविधिबाट वितरित टेलिफोन तथा एडिएसएल लाइनहरू पूर्णरूपमा आधुनिक फाइबर प्रविधिको एफटिटिएच नेटवर्कमा रूपान्तरण कार्य सम्पन्न गरी कपर नेटवर्क बन्द गरिएको हो । कम्पनीका प्रबन्ध निर्देशक अर्यालले टेलिकम क्षेत्रमा प्रविधि रूपान्तरण आवश्यक रहेकाले त्यसैको निरन्तरता तथा समयको मागअनुरूप पुरानो कपर प्रविधि आधुनिक फाइबर प्रविधिमा रूपान्तरण गरिएको बताउनुभएको कम्पनीका प्रवक्ता हरि ढकालले जानकारी दिनुभएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts