पाल्पा । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आमसञ्चार ऐनको मस्यौदा तयार गरेर मन्त्रीपरिषदमा लैजाने तयारी भइरहेको बताउनुभएको छ ।
शुक्रबार तानसेनको मदनपोखरामा रहेको सामुुदायिक रेडियो मदनपोखरा एफ.एमको रजत महोत्सवलाई सम्बोधन गर्दै मन्त्री शर्माले आमसञ्चार क्षेत्रको छाता कानुनको रुपमा आमसञ्चार ऐनको मस्यौदा तयार गरेर मन्त्रीपरिषदमा लैजाने तयारी भइरहेको बताउनुभएको हो ।
उहाँले मिडिया काउन्सिल विधेयक समेत मन्त्रीपरिषदबाट पारित गरेर संघीय संसदमा दर्ता गर्ने प्रक्रिया अघि बढाएको जानकारी दिनुभयो । ‘सरकार पूर्ण प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध छ । आमसञ्चार ऐन र मिडिया काउन्सिल विधेयक प्रक्रियामा अघि बढाएका छौं’ उहाँले भन्नुभयो, ‘यी कानुनहरु पारित भएपछि संघीयताको मर्मअनुरुप आमसञ्चार क्षेत्रको पुनःसंरचनामा सहयोग पुग्ने विश्वास सरकारको छ ।’ मन्त्री शर्माले सञ्चारमाध्यमको सबलीकरण र श्रमजीवी पत्रकारको पेसागत तथा भौतिक सुरक्षा र आमसञ्चार क्षेत्रमा समावेशीकरणको सवाललाई पनि मन्त्रालयले प्राथमिकतामा राखेको बताउनुुभयो । उहाँले श्रमजीवी पत्रकारको पारिश्रमिक पुनरावलोकनका लागि मन्त्रिपरिषद्मा प्रस्ताव पेस गरेको जानकारी दिँदै अन्य सुधारको कामको थालनी गरेको बताउनुभएको छ ।
‘सरकार पूर्ण प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध छ । आमसञ्चार ऐन र मिडिया काउन्सिल ऐन प्रक्रियामा अघि बढाएका छौं’ उहाँले भन्नुभयो ‘यसबाट आम सञ्चार क्षेत्रको पुनःसंरचनामा सहयोग पुग्ने विश्वास सरकारको छ । ’ मन्त्री शर्माले विज्ञापन नियमावली संशोधन गरेर विज्ञापन व्यवस्थित गर्ने पर्यत्न भइरहेको समेत बताउनुुभयो ।
उहाँले भन्नुभयो ‘विज्ञापन क्षेत्रमा देखिएको बेथिति कम गर्न विज्ञापन नियमावली संशोधन गरेर संघीय सरकार मातहतका विज्ञापन व्यवस्थित गर्ने पर्यत्न सुुरु गरिएको छ । प्रदेश र स्थानीय सरकारले पनि विज्ञापन कानुन दर्जुमा गरेरै भए पनि स्थानीय विज्ञापन स्थानीय मिडियाकै प्राथमकितामा राख्ने व्यवस्था मिलाउनुुपर्दछ ।’ उहाँले स्थानीय विज्ञापन स्थानीय मिडियाकै प्राथमिकतामा राख्ने व्यवस्था मिलाउनु अहिलेको आवश्यक रहेको उल्लेख गर्नुभयो । मन्त्री शर्माले भन्नुभयो ‘संविधानले दिएको अधिकार प्रयोग गरेर सबै स्थानीय र प्रदेश सरकारले विज्ञापन कानुन दर्जुमा गरेर स्थानीय विज्ञापन स्थानीय मिडियाकै प्राथमकितामा राख्नुपर्ने व्यवस्था मिलाउन जरुरी छ ।’
कार्यक्रममा संघीय सांसद ठाकुुर गैरेले ग्रामीण क्षेत्रमा स्थापित रेडियोले समाजिक, राजनीतिक रुपान्तरणमा महत्वपूूर्ण भूूमिका खेलेको बताउनुुभयो । उहाँले अब समृद्ध र सुखी जीवनका लागि स्वदेशमै केही गर्न सकिन्छ भन्ने सन्देश रेडियोले प्रवाह गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो । सांसद गैरेले सविधानको रक्षा र कार्यान्यवय गर्ने दिशामा समेत सञ्चार माध्यमले ध्यान दिनुपर्नेमा जोड दिनुभयो । अर्का संघीय सांसद नारायण आचार्यले सामाजिक, राजनीतिक जागरण ल्याउने काममा रेडियोले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो । उहाँले आगामी दिनमा पनि जनताको आवाज बुलन्द गराउने कुरामा निरन्तर लाग्न रेडियोलाई आग्रह गर्नुभयो । कार्यक्रममा राष्ट्रिय सभा सदस्य राजेन्द्र लक्ष्मी गैरे, लुम्बिनी प्रदेश सभा सदस्य खेम सारु, तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी आनन्द काफ्ले, पत्रकार महासंघका अध्यक्ष रेखीराम राना लगायतले रेडियोको सफलताको शुभकामना व्यक्त गरे ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts