काठमाडौं । कुमारी बैंकले विभिन्न कार्यक्रम आयोजना गरी २३औँ वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवका अवसरमा कुमारी बैंकले रक्तदान कार्यक्रम आयोजना गरेको थियो । रक्तदान कार्यक्रममा एक सय ४५ जना रक्तदाताले रक्तदान गरेका थिए भने परम्परा र सांस्कृतिक सम्पदाको महत्व उजागर गर्न बैंकले परम्परागत भेषभूषा पहिरन गरी वार्षिकोत्सव सम्पन्न गरेको छ ।
कार्यक्रमले कर्मचारीलाई आफ्नो जातीय पृष्ठभूमि प्रतिनिधित्व गर्ने पोशाकमार्फत् सांस्कृतिक पहिचान गर्न सहयोग पुर्याएको बैंकले जनाएको छ । विविध सांस्कृतिक परम्परा अंगाल्दै बैंकले आफ्नो कार्यशक्तिमा समावेशिता र सम्मानलाई बढावा दिएको जनाएको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता