जुम्ला । जुम्ला सदरमुकाम खलंगामा संचालन भएको निःशुल्क आँखा शिविरमा सात सय ३९ जना लाभान्वित भएकाछन् ।
नेपाल नेत्र ज्योती संघ चन्दननाथ आँखा अस्पताल जुम्लाले आयोजना गरेको तीन दिने आँखा शिविरमा यहाँका स्थानीयवासिको आँखा चेक जाँच गरिएको हो । रिड्ले आँखा फाउन्डेशन नेपालको आर्थिक सहयोग र हिमालयन आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा उक्त आँखा शिविर नेत्र ज्योती संघ जुम्लाको प्राङ्गणमा संचालन भएको नेपाल नेत्रज्योति संघ जुम्लाका सचिव दिपेन्द्र विक्रम हमालले जानकारी दिनुभयो ।
आँखा शिविर विशेषगरी जेष्ठ नागरिकलाई मध्यनजर गरेर आँखा शिविर संचालन गरिएको थियो । आँखा शिविरमा ४० वर्षभन्दामाथि उमेर समुहका नागरिकको सहभागिता रहेको नेपाल नेत्रज्योति संघ जुम्लाका सचिव हमालले भन्नुभयो,“ आँखा शिविरमा सात सय ३९ जनाले आँखाको चेकजाँच गरिएकामध्ये एक सय २७ जनाको आँखा शल्यक्रिया गरिएको छ ।”
शिविरमा डा.कृष्णा गुरुङ र राजेश शर्माले आँखा शिविरमा चेकजाँच तथा शल्यक्रिया गरेको नेपाल नेत्रज्योति संघ जुम्लाका सचिव हमालको भनाइ छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts