
नवलपरासी । राष्ट्रिय गौरवको योजना भन्दै पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाले नदिजन्य उत्खननमाअबैध उत्खनन् गरिरहेको छ ।
हुलाकी सडक राजमार्गको योजनामा सडक निर्माण गर्न आवश्यक पर्ने नदिजन्य पदार्थ गौरवको योजना भन्दै सुस्ता गाउँपालिकाले नारायणी नदीबाट योजना निर्माणकर्तालाई उत्खनन् गर्न अनुमति दिएको छ । तर पालिकाले दिएको अनुमतिपत्रनै ठेकेदारमुखी भएको शंका गर्न सकिन्छ ।
सुस्ता गाउँपालिकाको कार्यालयका प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुसालले मिति २०८०चैत्र १४ गतेको हस्ताक्षर पत्र अनुसार हुलाकी राजमार्ग सडक निर्माण कम्पनी बज्रगुरु महालक्ष्मी जेभी कुपोन्डोल ललितपुरलाई नारायणी नदिबाट नदिजन्य पदार्थ उत्खनन गर्न भनेर अनुमति दिएको पत्र र सोही निर्माण कम्पनीलाई मिति २०८० चैत्र १७ गतेको दिन पुनः उत्खनन् गर्न पालिकाले दिएको अनुमतिपत्र हेर्ने हो भने सुस्ता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भुसालको नियतमा नै शंका गर्न सकिन्छ ।
पालिकाको प्रमुख प्रशासकीय अधिकृत भुसालले हस्ताक्षर गरेको दुबै पत्र हेर्ने हो भने मिति २०८० चैत्र १४ गतेको पत्र संख्या ०८०-०८१ र चलानी नम्बर १७३७ को निर्माण कम्पनीलाई दिएको अनुमतिपत्रमा सवारी साधन र उत्खनन गर्ने सवारीलाई मिति २०८० चैत्र १६ गते देखि मिति २०८० चैत्र २० गते सम्म उत्खनन र ढुवानी गर्न अनुमति दिएको छ भने सोही निर्माण कम्पनीलाई सोही सवारी साधन प्रयोग गरि नारायणी नदीबाट नदिजन्य पदार्थ उत्खनन र ढुवानी गर्न भनेर मिति २०८० चैत्र १६ गतेका दिन पत्र संख्या ०८०-०८१ को चलानी नम्बर १७५४ को अनुमतिपत्र अनुसार मिति २०८० चैत्र १७ गते देखि मिति २०८० चैत्र २३ गते सम्म लागू हुने भनेर निर्माण कम्पनीलाई अनुमतिपत्र पालिकाले दिदा पालिकानै ठेकेदार मुखी हुँदै नदिजन्य उत्खननमा ब्रहमलुट गरिरहेको पत्रले नै एकिन गर्न सकिन्छ ।
यद्यपि सुस्ता गाउँपालिकाले निर्माण कम्पनीलाई नदिजन्य पदार्थ उत्खनन गर्न मिति २०८० चैत्र १४ गतेको पत्रमा केहि प्राबिधिक गडबडी भएको भनेर मिति २०८० चैत्र १६ गते पुनः त्यही निर्माण कम्पनी र त्यही प्रयोग हुने सवारी साधनलाई उत्खनन र ढुवानीको लागी दिएको अनुमतिपत्रमा थप ३ दिन समय बढाएर पालिकाले अनुमतिपत्र दिनु भनेको नै पालिकाको नियत ठिक नभएको भन्न सकिन्छ ।
यस बिषयमा सुस्ता गाउँपालिका का प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुसालसंग फोन सम्पर्क गरेर बुझ्न खोज्दा प्रमुख प्रशासकीय अधिकृत भुसालको फोन सम्पर्क हुन सकेन ।
राष्ट्रिय गौरवको योजनाको आडमा पालिकाले राजस्व आउने भन्दै जोखिम क्षेत्रको पहिचान नगरी स्थानीय नागरिकहरुको धन जनलाई क्षति हुने गरि उत्खनन भएको भन्दै सुस्ता गाउँपालिका वडा न ४ र वडा न ५ का स्थानीय ब्यक्तिहरुले पटकपटक बिरोध गर्दा र पालिकामा नियमित छलफल गर्दा पनि पालिकाले बेवास्ता गरेको र पालिकाले प्रहरी प्रशासन लगाएर जनतालाई दम्भ देखाएर नारायणी नदिबाट नदिजन्य पदार्थहरु धमाधम उत्खनन गराईरहेको सुस्ता ४ बस्ने स्थानीय लख्खु प्रसाद यादवले बताउनु भएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच