भोजपुर । सदस्यता शुद्धिकरणको विषय टुंगो नलागेको भन्दै सो टुङ्याएर मात्र जिल्ला अधिवेशन गर्न माग गर्दै नेपाल प्रेस युनियन भोजपुर शाखाले पत्रकार महासंघ भोजपुरको ध्यानाकर्षण गराएको छ ।
पत्रकार महासंघ केन्द्रले सदस्यता टुंगो नलगाई जिल्ला, प्रदेश र केन्द्रीय अधिवेशनको मिति तय गरेको भन्दै युनियनले शुद्धिकरण पछिको नयाँ सदस्यता नामावली आएपछि मात्र जिल्ला अधिवेशन गर्न माग गर्दे जिल्ला शाखा उपाध्यक्ष मनिता राईलाई बिहिवार ध्यानाकर्षण पत्र बुझाएको हो ।
नेपाल प्रेस युनियन जिल्ला शाखा कोषाध्यक्ष दिपेन्द्र लुईटेलले युनियन प्रदेश कार्य समितिका शारदा तामाङ र निरोज कोइरालाको उपस्थितीमा महासंघ उपाध्यक्ष राईलाई बुझाएको ध्यानाकर्षण पत्रमा भोजपुरमा आगामी चैत्र २९ गतेका लागि अधिवेशनको मिति तोकी सकेकाले सदस्यता टुंगो लगाई नयाँ नामावली प्रकाशन भएपछि मात्र अधिवेशन गर्न माग गरिएको छ ।
अहिलेकै अवस्थामा अधिवेशन गरी कुनै परिस्थिती उत्पन्न भएमा त्यसको जिम्मा महासंघले नै लिन पनि ध्यानाकर्षण पत्रमा उल्लेख छ ।
नेपाल प्रेस युनियन केन्द्रिय समितिको निर्णय अनुसार भोजपुर शाखाले पनि महासंघको ध्यानाकर्षण गराएको कोषाध्यक्ष लुईटेलले बताउनुभयो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts