हेटौंडा । मकवानपुर प्रहरीले भन्सार छली गरी ल्याएको ७७ लाख बराबरको मालसमान सहित एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ । गाडी चालक जिल्ला उदयपुर त्रियुगा नगरपालिका वडा नं. १३ बस्ने बर्ष २८ को राज कुमार चौधरीलाई नियन्त्रणमा लिइएको हो ।
मकवानपुरको मनहरी गाउँपालिका वडा नं. ७ मनहरीस्थित पूर्व पश्चिम लोकमार्ग सडक खण्डमा सवारी साधनहरु रोकी चेकजाँच गर्दा सो सामान बरामद गरेको हो।
जिल्ला प्रहरी कार्यालय मकवानपुरको अनुसार, मंगलबार राति ११ बजेको समयमा इलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा लोथरबाट हेटौंडातर्फ आउँदै गरेको बागमती बिएडी ४३७० नम्वरको गाडीलाई चेकजाँच गर्दा उक्त गाडीबाट सामान बरामद गरेको थियो ।
अवैध भन्सार छली चोरी पैठारी गरी बिलबिजक नभएका विभिन्न किसिमका साडी, कुर्थासुरुवाल, टि-सर्ट, पाईन्ट, जुत्ता लगायतका लत्ताकपडा २७४४ थान, बिभिन्न कम्पनीका आईफोन, सामसुङग, भिभो, आईटेल, रेड्मी, लगायतका ८२ थान मोबाईलहरु र सवारी साधन समेत गरी अन्दाजी ७७ लाख बराबरको लत्ताकपडा तथा ईलोक्ट्रोनिक्स मोबाईलहरु फेला पारेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो ।
उक्त मालसमानसहित गाडी चालक चौधरीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारबाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया, बारा पठाईएको प्रहरीले जनाएको छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts