भोजपुर। भोजपुरको पश्चिम टेम्केमैयुङ गाउँपालिका भित्रका उदयमान सर्जक कविहरुका लागि खुला कविता प्रतियोगिता आयोजना गरिएको छ ।
आगामी २०८१ बैशाख १, २ र ३ गते टेम्केमैयुङ गाउँपालिकाको प्रायोजन तथा चखेवा बजार तथा सहरीकरण ब्यवस्थापन समितिको आयोजनामा पर्यटकीय स्थल चखेवामा हुन गईरहेको कृषि, पर्यटन तथा सांस्कृतिक महोत्सवको अवसरमा कविता प्रतियोगिता हुन लागेको हो । गाउँपालिका भित्रका कविहरुको प्रतिभा पहिचान, बिकास र प्रवर्धन गर्ने उद्धेश्यका साथ खुला कविता प्रतियोगिताको आयोजना गरिएको महोत्सव आयोजक संस्थाका अध्यक्ष आइकुमार राईले बताउनुभयो ।
आयोजकका अनुसार कविता मौलिक तथा गद्यलयमा हुनु पर्ने छ भने सहभागिहरुले आगामी चैत्र ३० गते भित्र आफनो कविता पठाई सक्नु पर्ने छ । प्राप्त भएका कविताहरु मध्ये उत्कृष्ठ २५ वटा छनौट गरी महोत्सवको अवसरमा बैशाख २ गते बाचन गरिने छ । गाउँपालिका भित्रको भएको प्रमाणका लागि जम्म दर्ता नभएमा नागरिकता देखाउन सकिने छ ।
प्रतियोगितामा प्रथम, दोश्रो र तेश्रो हुने कविलाई क्रमश नगद १० हजार, ७ हजार र ५ हजार सहित प्रमाण पत्र प्रदान गरिने छ ।








This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts