‘मिसेस डिभा’को ताज सन्तु लामालाई

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाडाैं । मिसेस डिभा नेपाल २०२४ को ताज कपन काठमाडौंकी सन्तु लामा गुरुङले पहिरीन सफल भएकी छन् । राजधानीमा सोमबार सम्पन्न कार्यक्रममा विद्या के.सी. खड्‌का फस्ट रनरअप तथा पवित्रा श्रेष्ठ सेकेन्ड रनर अप हुन सफल भएका छन् । हिमालयन मुभिज् प्रोडक्सन हाउसद्वारा आयोजित सो कार्यक्रम, कार्यक्रमको तेस्रो संस्करण हो ।

सुन्दर ओपनिङ, नृत्यबाट सुरु भएको कार्यक्रममा करिव एक दर्जन प्रतियोगीहरुले परिचयात्मक चरण, फेशन सो, प्रश्नोत्तर चरण, लिखित चरण हुँदै क्राउनिङ चरण सम्म पुग्दा आफुलाई कुशल फाइनलिस्टको रूपमा प्रस्तुत गराएका थिए । कार्यक्रमको नृत्य, क्याटवाक तथा सम्पूर्ण तीन साताको प्रशिक्षण चर्चित फेशन कोरियोग्राफर हिमानी सुब्वाको कोरियोग्राफीमा सम्पन्न भाएको थियो ।

कार्यक्रमको मध्यान्तरमा कोरियोग्राफर सुब्वासमेत स्टेजमा आर्कषक पहिरनमा उत्रेकी थिइन् । कार्यक्रम‌मा विविध सबटाइटल अवार्डहरुसमेत वितरण गरिएको थियो । बिजेता सन्तु लामा गुरुङले मोस्ट डिलिजेन्ट एवं मोस्ट पपुलर, फस्ट रनरअप विद्या के.सी. खडकाले मोस्ट एक्टीभ, सेकेन्ड रनरअप पवित्रा श्रेष्ठले बेस्ट फोटोजेनिक, वेस्ट ट्यालेन्ट तथा पव्लिक भिडियो च्वाइस अवार्ड जितेका थिए ।

ADVERTISEMENT

त्यसैगरी बिष्णु सर्तुरे मोस्ट स्मार्ट, उर्मिला थापा बेस्ट पर्सनालिटी, राजकुमारी राउत बेस्ट डिसीप्लिन, उर्वशी श्रेष्ठ वेस्ट कम्प्लेक्सन, कृतिका बुढाथोकी मोस्ट कन्फिडेन्ट र रोजी ब्लोनले मोस्ट चार्मिङ अवार्ड जित्न सफल भएका थिए ।

कलाकारहरु‌को विविध नृत्य प्रस्तुति समेत रहेको सोकार्यक्रमको निर्णायक मण्डलमा अभिनेता चलचित्रकर्मी सिमान्त उदास, नायक तथा इभेन्टकर्मी एस राज गराच, कस्मेटोलोजिस्ट तथा सौन्दर्यकर्मी डा. रेखा थापा, मिसेस मंगोल नेपाल २०२२ सम्झना तामाङ तथा मिसेस नेपाल आइडल २०२४ निशु काफ्ले रहेका थिए । कार्यक्रम‌को सञ्चालन रोजिन शाक्यले गरेका थिए ।

विविध पेशामा आवद्ध पेशागत तथा गृहिणी विवाहित महिलाहरु‌को क्षमता प्रतिभाको उजागर एवं बढोत्तरी गर्ने उद्देश्यले आयोजित विवाहित महिलाहरुको सो सौन्दर्य प्रतियोगिता आयोजना गरिएको आयोजक पक्षले जानकारी गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
1 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *