भोजपुर । पहाडी जिल्ला भोजपुरमा कार्यरत ६४ जना महिला स्वयम सेबिकाहरुलाई स्वास्थ्य कार्यालय भोजपुरले सम्मान गर्ने भएको छ ।
भोजपुरका स्थानीय तहहरुबाट छनोट भएर आउने महिला स्वयम सेविकाहरुलाई औपचारिक कार्यक्रम गरी सम्मान गर्न लागिएको स्वास्थ्य कार्यालय भोजपुरका प्रमुख राजु कुमार श्रेष्ठले बताउनुभयो ।
भोजपुरमा पाँच सय ६७ जना महिला स्वयमसेबिकाहरु कार्यरत रहदै आउनु भएको भएपनि पालिकाले छनोट गरेर पठाएका ६४ जनालाई सम्मान गर्ने निर्णय भएको प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।
महिला स्वास्थ्य स्वयमसेविका कोष संचालक समितिको बैठकले जिल्ला सदरमुकाममा कार्यक्रम गर्दे नगद पाँच पाँच हजार सहित सम्मानपत्र, दोसल्लाबाट सम्मान गर्ने निर्णय गरेको हो । प्रदेश सरकारबाट स्वयम सेबिकाहरुको प्रोत्साहनका लागि तीन लाख २० हजार बजेट आएको र बाँकी रकम कोषका नाममा बैकमा मुद्धती खाता खोलेर राखिएको रकमको ब्याजबाट सम्मानको कार्यक्रम गर्न लागिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts