
काठमाडौं । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सरकारले निर्माणाधीन आयोजनाहरु छिटो सम्पन्न गर्नका लागि नयाँ सोचका साथ काम गरिरहेको बताउनुभएको छ ।
आईतवार सिरहा र धनुषा जोड्ने कमला नदीको पुल निरीक्षणका क्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारले निर्माणाधिन योजनाहरु पहिलो चरणमा सम्पन्न गर्ने नयाँ प्रकारको सोचसहित सरकार अघि बढिरहेको बताउनु भयो ।
उहाँले पुल, सडक लगायतका निर्माणाधिन आयोजनाहरु पहिलो चरणमा सम्पन्न गरेपछि मात्रै नयाँ योजना अघि सार्ने रणनीतिसहित आफूहरु अघि बढेको बताउनु भयो । उहाँले आगामी असार मसान्तभित्र कमला नदीको पुल र हुलाकी राजमार्गको काम पूरा गर्न निर्देशन दिनुभयो । असार मसान्तसम्म काम पूरा नभए सडक विभागले कुनैपनि कदम चाल्ने चेतावनी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘यो सम्पन्न गर्नलाई नै नेपाल सरकारले नयाँ प्रकारको सोच ल्याएको छ । त्यो के हो भने अहिले निर्माणाधिन योजनाहरु पहिलो चरणमा सम्पन्न गर्ने, जहाँ क्रोनिक योजनाहरु छन्, सडक, पुल जे होस्, अदालतमा छ भने त्यहाँबाट पनि कसरी छिटो गर्न लगाउने ? निर्णय जेसुकै होस् यी सबै कुरालाई ध्यानमा राखेर पहिलो चरणमा निर्माणाधीनलाई नै पूरा गर्ने, त्यसपछि मात्रै नयाँ योजनाहरुतर्फ सोच्न सक्छौँ । यो कमला पुलको जुन कुरा छ, स्वभाविक छ, यसलाई मधेसको मुख्य पुलका रुपमा लिएका छौँ । सिरहा र धनुषा जोड्ने पुल हो । अब पहिला गल्ती भएको कुरा सच्याउन भनेका छौँ, असार भित्र सम्पन्न गर्नेगरी अन्तिम निर्देशन गरेका छौँ । हुलाकी सडकलाई पनि दिएका छौँ । यदी असार मसान्तभित्र पूरा भएन भने सडक विभागले कुनैपनि स्टेप चाल्न सक्छ ।’
निरीक्षणका क्रममा हुलाकी राजमार्ग योजना कार्यालय, जनकपुरका योजना प्रमुख कृष्णकुमार महतोले राजपत्रमा प्रकाशित हुन नसक्दा र लगत कट्टा हुन नसक्दा समस्या झेल्नुपरिरहेको बताउनु भयो । उहाँले सडक सीमाना स्पष्ट नहुँदा पनि कतिपय समस्या सिर्जना आइरहेको बताउनु भयो । हुलाकी सडकअन्तर्गत अहिले १६ वटा स्टे अर्डरसहितका २६ वटा मुद्दाहरुको सामना गरेर काम अघि बढाइरहेको बताउनु भयो ।
उहाँले निर्माण सामग्री समयमा नआइपुग्ने, विद्युतका पोलहरुको समस्या, स्थानीय तहको मातहतबाट निर्माण सामग्री लिनुपर्ने कारणले गर्दा केही ढिला भएको बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच