नक्कली कागजात बनाएको आरोपमा वडा अध्यक्षसहित २ जना विरुद्ध भ्रष्टाचार मुद्दा

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रामेछाप, मन्थली नगरपालिका वडा नं. ३ का तत्कालीन वडा सचिव शिव कुमार महत्तोसहित २ जनाविरुद्ध नक्कली कागजात बनाई भ्रष्टाचार गरेको आरोपमा बिशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

तत्कालीन वडा सचिव महत्तोले निर्मला खत्रीसँगको मिलेमतोमा निर्मला खत्रीको जिवित श्रीमान्‍को मृत्यू भएको भनी बद्‍नियतपूर्वक सूचनाको आधिकारिकता सम्बन्धमा कुनै छानविन नगरी, कानून बमोजिम पेश हुनुपर्ने कागजातहरु समेत संलग्न नराखी निर्मला खत्रीको सामाजिक सुरक्षा भत्ता (एकल महिला) परिचय पत्र बनाइ दिएर रु.४५,२२० भ्रष्टाचार गरेको अख्तियारको दावी छ ।

ADVERTISEMENT

साथै शिव कुमार महतोले जिवित व्यक्तिको मृत्यू भएको भनी कार्यालयमा रहेको मृत्यू दर्ता अभिलेख चढाएको र निर्मला खत्रीको सामाजिक सुरक्षा भत्ता परिचय पत्रको गलत लिखत तयार गरी गराई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिमको कसुरसमेत गरेकोले सोही ऐनको दफा ९ वमोजिम सजाय हुन र प्रतिवादी निर्मला खत्रीलाई मुख्य कसुरदार शिव कुमार महतोले गरेको भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिमको कसुरजन्य कार्यमा मतियार भई सोही ऐनको दफा २२ बमोजिम कसुर गरेकोमा मुख्य कसुरदार महतोलाई सोही ऐनको दफा ९ वमोजिम हुने सजायलाई आधार मानी सोही ऐनको दफा २२ प्रतिबन्धात्मक वाक्यांश बमोजिम मुख्य कसुरदारलाई हुने सजाय सरह सजाय हुन माग गर्दै आज बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको प्रवक्ता भोला दाहालले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज