कालीकोट । कर्णालीमा नेपाली कांग्रेसको संगठन सुदृढ यात्रामा रहेका नेपाली कांग्रेसका युवा नेता भुपेन्द्रजंग शाहीलाई कर्णालीका विभिन्न जिल्लामा भव्य स्वागत गरिएको छ ।
नेपाली कांग्रेसलाई सशक्त, सवल, लोकप्रिय, बलियो र गतिशील पार्टी निर्माणका लागि सल्यान कपुरकोटदेखि हुम्ला सिमिकोटसम्मको पार्टी संगठन सुदृढ यात्रा थाल्नुभएका शाहीलाई सल्यान, रुकुम, डोल्पा, जाजरकोट, दैलेख पुग्दा त्यहाँका पार्टी सभापति, पदाधिकारी, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, जिल्ला र स्थानीय तह लगायतका कांग्रेस नेता तथा कार्यकताहरुले भव्य रुपमा स्वागत गरेका हुन् ।
गत चैत्र २ गतेबाट सल्यानको कपुरकोटमा संगठन सुदृढ यात्राको पहिलो कार्यक्रम गरी कर्णालीमा संगठन सुदृढ यात्रा सुरुवात गरेका नेता शाहीले कांग्रेसको गौरबशाली इतिहास कायम गर्नका लागि अनुभवी पुस्तालाई सम्मान गर्दै वर्तमान पुस्ताको उर्जालाई अभिबृद्धि गर्न यो यात्रा केन्द्रित रहेको बताउनुभयो ।

अभियानको सुरुवात गरेको सल्यान जिल्लामा नेपाली कांग्रेस सल्यानका सभापति केशबहादुर बिष्ट, कुसे गाँउपालिका उपाध्यक्ष देविका सिंह, चुर्न बहादुर केसी, मनराज शाही लगायतको टोलीले जिल्लाका चार पाँचवटा स्थानीय तहसम्म पुगेर भेटघाट तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो ।
सल्यान, रुकुमपश्चिम, डोल्पा, जाजरकोट हुँदा दैलेख पुगेका कांग्रेस नेता शाहीले कर्णालीको समग्र विकास र समृद्धिका लागि कर्णाली प्रदेश र मुलुकमा कांग्रेसकै सरकार निर्माण गर्ने गरी जनमत निर्माण जरुरी रहेको बताउनुभयो ।
यात्राका क्रममा नेपाली कांग्रेसको अग्रज पुस्तादेखी युवा पुस्तासम्म सबै तहका नेता तथा कार्यकर्ताहरुसँग भेटघाट, अन्तरक्रिया गरी पार्टीमा नयाँ उर्जा र भरोशा थपिने उहाँले बताउनुभएको हो । ‘उहाँले भन्न्ुभयो, यो अभियान पार्टीलाई जनतासँग र जनतालाई पार्टीसँग जोड्ने पुलको रुपमा काम गर्नेछ ।
प्रायः सबै तहका नेताहरु चुनाव र अधिवेशनका बेला मात्र गाँउ केन्द्रीत हुन्छन् । अधिवेशन सकिएपछि पार्टिमा निस्क्रियता र शिथिल्ता छाउछ तर म कर्णाली प्रदेशमा सभापतिको प्रत्यासी हुनुको नाताले आफ्नो दायित्व बोध गरी पार्टीलाई चलायमान बनाउन संगठन सुदृढ यात्रा थालेको हुँ । यो कुनै विचार समुहमा केन्द्रीत होईन, सिंगो पार्टी र आम नागरिकहरुलाई राजनीति प्रतिको आशा देखाउनु पनि हो । नेता शाहीले भन्नुभयो । अहिले गुटबन्धि गर्ने बेला होइन, कांग्र्रेसका बिरुद्ध घेराबन्दि भएकाले सबै कांग्रेस एक जुट भएर प्रतिबाद गर्नु पर्छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts