भोजपुर । भोजपुरको पूर्वी पौवादुङमा गाउँपालिका वडा नम्वर ५, सुप्लामा रहेको श्री सन्तानेश्वर महादेवथान मन्दिरको जग्गा व्यवस्थापन तथा मन्दिरको विकास गर्ने उद्धेश्यका साथ सप्ताह ज्ञान महायज्ञको आयोजना गरिएको छ । आन्तरिक तथा बाह्य पर्यटन प्रवर्धनमा समेत टेवा दिने उद्धेश्यका साथ ज्ञान महायज्ञको आयोजना गरिएको मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र राईले बताउनुभयो ।
अध्यक्ष राईले भन्नुभयो, “धार्मिक, ऐतिहासिक, सांस्कृतिक र पर्यटकीय क्षेत्रकारुपमा इतिहास बोकेको मन्दिरलाई चिनाउन हामीले सप्ताह ज्ञान महायज्ञको तयारी थालेका हौ ।” यसले आर्थिक विकाससँगै ऐतिहासिक क्षेत्रहरुको संरक्षण हुने पनि देखिन्छ । आगामी बैशाख ५ गते देखि १३ गतेसम्म संचालन हुने गरी महायज्ञको तयारी थालिएको हो । चागुनारायण नगरपालिका वडा नम्वर ८ का पण्डित दिपक सापकोटाबाट कथा बाचन हुने छ ।
महायज्ञमा नियमितरुपमा पूजा एवं पाठपारायण, कथावाचन, आरती,े प्रसादग्रहण तथा सन्ध्याकालीन भजन प्रस्तुत हुनेछ । धार्मिक स्थलकारुपमा परिचित सन्तानेश्वर मन्दिरको लागि जग्गा ब्यवस्थापनका साथै पितृमुक्तिको कामना गर्दे ज्ञान महायज्ञको आयोजना भएको आयोजक समितिका अध्यक्ष बलबहादुर कार्कीको भनाई रहेको छ । “धर्म संस्कृति र मन्दिर संरक्षणमा पनि यो महायज्ञले महत्वपूर्ण भूमिका खेल्ने छ, महायज्ञमा सहभागी हुन सवैलाई आग्रह समेत गरिएको छ ।” अध्यक्ष कार्कीले भन्नुभयो ।
पौवादुङमा गाउँपालिका भित्र ऐतिहासिक तथा धार्मिक महत्वपूर्ण स्थलहरु रहेका छ । ती स्थलहरुको संरक्षण र सम्वर्धनमा पालिकाले पनि गुरु योजनाहरु बनाएको गाउँपालिका अध्यक्ष किरण राईले बताउनुभयो । भोजपुरको पौवादुङमा गाउँपालिका धार्मिक तथा पर्यटकीय क्षेत्रको लागि पनि संभावना बोकेको पालिका हो । गाउँपालिकाले ऐतिहासिक तथा धार्मिक क्षेत्र कोटगढी, दोश्रो हलेसी भनेर चिनिने सन्तानेश्वर मन्दिर, दुङमाली भाषा संरक्षण केन्द्र, च्याङग्रे पोखरी, अरुण डाँडालगायत ठाउँको संरक्षण तथा विकासको थालनी गरेको पालिका अध्यक्ष राईको भनाई रहेको छ । अध्यक्ष राईले भन्नुभयो, “सन्तानेश्वर महादेव मन्दिरको पनि संरक्षणको काम भईरहेको छ, आयोजना भएको महायज्ञले मन्दिर ब्यवस्थापनमा थप टेवा पुग्ने छ ।”
महायज्ञमा आर्थिक सहयोग गर्ने दाताहरुलाई बिभिन्न सम्मान समेत गरिने आयोजकले पक्षले जनाएको छ । यो मन्दिरमा दर्शन गरेमा सन्तान नहुनेहरुका लागि सन्तान समेत प्राप्त हुने बिश्वास रहदै आएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts