सिन्धुली । फागु पुर्णिमा अर्थात रङ्गहरुको पर्व होली शान्ति सुरक्षा कायम राखेर मनाउन जिल्ला प्रशासन कार्यालय, सिन्धुलीले अपिल गरेको छ ।
शुक्रबार प्रमुख जिल्ला अधिकारी (सिडिओ) भरत खनालले हस्ताक्षर गर्नुभएको एक सूचना जारी गर्दै कानून विपरीतका कार्य नगरी सभ्य, भव्य र मर्यादित रुपमा होली पर्व मनाउन सम्पूर्ण जिल्लाबासीलाई आग्रह गरेको हो ।
कसैको इच्छा विपरीत रङ्ग दल्ने, लोला हान्ने, पानी तथा अन्य पदार्थ छ्याप्ने, मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने, सार्वजनीक स्थलमा होहल्ला गर्ने जस्ता कानून विपरीतका कार्य नगरी होली पर्व मनाउन प्रशासनले चेतावनी दिएको छ ।
कानून विपरीतका कार्य गरेको पाइए कारबाही गर्ने सिडिओ खनालले बताउनुभयो । होलीलाई सभ्य तरिकाले मनाउन र अप्रिय घटना हुन नदिन सबै जिम्मेवार हुनु पर्ने उहाँको भनाई छ ।
चैत ११ गते आइतबार पहाडी जिल्लामा र १२ गते तराईका जिल्लामा होली पर्व मनाइँदै छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts