काठमाडौं । ग्लोबल आइएमई बैंकले वित्तीय पहुँचबाहिर रहेका विभिन्न लक्षित वर्ग पहिचान गरी बैंकका १११ शाखा कार्यालयमार्फत् एकसाथ वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।
बैंकले ग्लोेबल मनि विक २०२४ को अवसर पारेर देशव्यापीरूपमा आयोजना गरेका विभिन्न कार्यक्रममा १४ हजारभन्दा बढी कृषक, लघु, साना तथा मझौला उद्यमी, मजदुर, वैदेशिक रोजगारमा जाने सम्भावित व्यक्तिहरू, विद्यार्थी, महिला, विप्रेषण प्रापक तथा स्थानीय युवा–युवतीको सहभागिता थियो ।
ग्लोबल आइएमई बैंकले ३५४ वटै शाखामार्फत् वित्तीय साक्षरता तथा डिजिटल बैंकिङ प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्ने उद्देश्य राखेको छ । कार्यक्रममा बचत, कर्जा, रेमिट्यान्स, डिजिटल बैंकिङ, बिमा, लगानी, अतिरिक्त बैंकिङ सेवा, वित्तीय ठगी र वित्तीय अनुशासनसम्बन्धी विषयवस्तुमा जानकारी गराइएको बैंकले जनाएको छ ।








Video News Post
Breaking News with Advertisements
Breaking news with related posts