दोलखा - दोलखा सदरमुकाम चरिकोटबाट करिव १५ किलो मिटर उत्तर कालिञ्चोक गाविसमा अवस्थित कालिञ्चोक मन्दिर ३८४२ मिटरको उचाईमा छ। कालिञ्चोक भगवती काभ्रेको पलाञ्चोक भगवती, काठमाडौंको शोभा भगवती र अन्य भगवती समेत ७ भगवती दिदी बहिनी हुन् भन्ने किम्बदन्ती रहेको छ। कालिञ्चोक डांडाबाट मनोरम रोलवालिङ हिम श्रृङ्खला र मनोरम प्राकृतिक दृष्यहरूको अवलोकन गर्न सकिन्छ।जनैपुर्णीमा, दशैं, चैते दशैंमा भक्तजनको भिड लाग्ने गर्दछ। कालिञ्चोक चरीकोट देखि ६ घण्टाको पैदल दूरीमा छ। यो हिन्दूहरूको लागि एक प्रसिद्ध तीर्थ स्थल हो ।

कालिञ्चोक पर्यटकीय र धार्मिक दुबै दृष्टिकोणले उत्तिकै महत्वपूर्ण छ । कालिञ्चोक भगवतीको दर्शन गर्ने तीर्थयात्रीदेखि हिउँ खेल्न रुचाउने युवाहरु अनि प्रेमका जोडीहरु सबैले रुचाएकाले कालिञ्चोक काठमाडौँबाट नजिकको पर्यटकीय गन्तव्यको सूचीमा आउँछ।

भगवती देवीले आफ्नो इच्छा पुरा गरिदिने बिश्वास लिएर भक्तजनहरु टाढा-टाढाबाट कालिञ्चोक आउने गर्छन । फिल्मकर्मीहरुले पनि यो ठाउँ मन पराएका छन् र थुप्रै चलचित्र र म्युजिक भिडियो पनि यहि खिचिने गरिन्छ ।

मन्दिर जान सहजताको लागि यहा कालिञ्चोक प्राली केवलकारले सेवा दिइरहेको छ।उकालो चढ्न ग्राहो हुनेहरुलाइ केवलकारको सहयोगमा माथि जान पाइन्छ । कुरी गाँउमा हिउँदमा हिउँ खेल्न आउने हरुको भिड नै लाग्ने गर्दछ । हिउँद को समयमा कुरिका होटलहरुलाई भ्याइनभ्याइ हुने गर्छ । जाने हैन त कालिञ्चोक ?


-मनिष अर्याल /नेपाल फोटो लाइब्रेरी







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts