पिली र विर्तामोड नुन डिपोबाट बुधबार ४२० जनाले लिए सेवा

मान बहादुर बिश्वकर्मा कालिकोट

तस्बिर: खेम सिंह

मान बहादुर बिश्वकर्मा कालिकोट
Read Time = 3 mins

कालीकोट । जिल्लाको महावै गाउँपालिकाले सञ्चालन गरेको पिली र विर्तामोड नुन डिपो वितरण केन्द्रबाट बुधबार ४ सय २० घर परिवारले सेवा लिएका छन् । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड महाबै गाउँपालिका र हिमचुली कृषि सहकारी संस्था लिमिटेड कालीकोटको साझेदारीमा स्थापना गरिएको वितर केन्द्र पिलीबाट १ सय ११ जना र विर्तामोड वितरण केन्द्रबाट ३ सय ९ जनाले सेवा लिएका हुन् ।

महिनाको ७, १४ र २१ गते गरेर तीनपटक मात्रै वितरण गरिने नुन चैतको पहिलो साता ४ सय बढीले सेवा लिएको महावै गाउँपालिकाका अध्यक्ष खेमबहादुर सिंहले बताउनुभयो । महावैका नागरिकलाई ५ पाकेट नुन लिँन सदरमुकाम धाउनुपर्ने बाध्यको अन्त्य गर्न गाउँपालिकाले हिमचुली कृषि सहकारी संस्थासँग साझेदारी गरेर गाउँमा नुन डिपो स्थापना गरेको उहाँले बताउनुभयो ।

घण्टौ हिँडेर या गाडी चढेँर नुन लिनका लागि मात्रै सदरमुकाम जानु पर्दैन, ‘अध्यक्ष सिंहले भन्नुभयो, जनताले ढुक्कका साथ आयोडिनयुक्त नुन गाउँकै नुन डिपोबाट पाइरहेका छन् सधैं नुन लिनका लागि यहाँका नागरिक सदरमुकाम धाउथे यो पटक गाउँकै डिपोबाट नागरिकले सेवा लिएको देख्न पाउँदा खुसीको महसुश भइरहेको बताउनुभयो ।

ADVERTISEMENT

नागरिकको सबैभन्दा नजिकको सरकार स्थानीय सरकार हो । जनताका आधारभूत आवश्यकता पुरा गर्नु हाम्रो जिम्मेवारी र कर्तव्य हो त्यसैले एकै पटक ठूलो आश राख्नुभन्दा पनि मुख्य समस्याको पहिचान गरेर मात्रै त्यसको समधानमा अगाडि बढ्ने अध्यक्ष सिंहले हिमालय टाइम्सलाई बताउनुभयो ।

गाउँमै नुन डिपो स्थापना भएपछि महवैका नागरिकलाई भने सहज भएको छ । वर्षाैदेखि पाँच पाकेट नुन लिन जिल्ला सदरमुकाम धाउनुपर्ने बाध्यताको अन्त्य भएसँगै जनतामा खुसीयाली छाएको छ । स्थानीयको सहजताका लागि गाउँमै नुन डिपो स्थापना गर्ने स्थानीय सरकारलाई त्यहाँका नागरिकले धन्यवादसमेत दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?