रैथाने बाली संरक्षण गरिदै

डम्मर बुढा मगर बागलुङ, संवाददाता

फाइल तस्बिर

डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 6 mins

बागलुङ । आधुनिक प्रबिधिको विकास र बसाइँसराइको कारण बागलुङमा रैथाने बाली संरक्षणमा चुनौती बढेको छ । एक दशक अगाडिसम्म बागलुङको ग्रामीण क्षेत्रमा खेती हुने कोदो, सिमी, फापर, जौँ, उवालगायतका खाद्य बाली पछिल्लो समय निकै कम हुने गरेको छ । खेती कम हुन थालेसँगै उत्पादन पनि घटेको छ । किसानलाई रैथाने बाली खेतीतर्फ आकर्षित गर्नका लागि कृषि ज्ञान केन्द्रले कृषकलाई प्रोहोत्सान गर्न थालेको छ । किसानलाई नयाँ प्रबिधिसँग जोड्ने र पुराना खेतीलाई पनि संरक्षण गर्ने गरि कार्यक्रमहरु संचालन गर्दै आएको छ ।

रैथाने बालीले बजार र उत्पादन अनुसारको मूल्य नपाउँदा किसान मर्कामा पर्दै आएका थिए । उन्नत जातका खाद्य बाली फस्टाउन थालेपछि कृषकले पनि रैथाने बाली खेती गर्न छोड्दै गएका हुन् । परम्परागत बाली गाउँको पाखो बारीमा उत्पादन हुने गर्थे । तर पछिल्लो समय ति बाली उत्पादन हुने बारी वनमाराले ढपक्क ढाकिएका छन् । खेती भइ रहेका बारीमा पनि फूलफूल लगायत अन्य नगदेबाली लगाइएको छ । स्वादिष्ट र स्वास्थ्यका लागि फाइदाजनक पुरानो बाली संरक्षण बजारीकरणका लागि कृषि ज्ञान केन्द्रले बजेटनै विनयोजन गरेको छ ।

गत वर्षहरुमा कृषकलाई परम्परागत बालीलाई उत्पादन गर्नका लागि बिउ लगायत आवश्यक सहयोग गरेको ज्ञान केन्द्रले यस वर्ष प्याकेजिङ र बजारी करण गरि दिने कृषि ज्ञान केन्द्र बागलुङका सूचना अधिकारी कुमार पुन मगरले जानकारी दिनुभयो । जसका लागि ज्ञान केन्द्रले १२ रुपैयाँ विनियोजन गरेको उहाँको भनाइ छ । सुरुवाति चरणमा रैथाने बाली उत्पादनका लागि आठ लाख रुपैयाँ र बजारीकरणका लागि चार लाख रुपैयाँ बजेट छुट्याएको पुन मगरले बताउनुभयो । ग्रामीण क्षेत्रबाट बजार झर्ने बढेपछि रैथाने बाली संरक्षण गर्न नसकिएको उहाँ बताउनुहुन्छ ।

“रैथाने बाली संरक्षणका लागि ज्ञान केन्द्रले कृषकलाई आकर्षित गर्ने खालको कार्यक्रम ल्याएको छ, पहिलेको जस्तो उत्पादन हुन छोडेको छ, गत वर्ष कोदोमा समस्या देखियो, त्यही भएर किसान निरास भए, धेरै जसो अहिले नगदेबाली तर्फ लागे, धेरै मेहनत गर्न नपर्ने खेती गर्न थाले” पुन मगरले भन्नुभयो - “किसानले उत्पादन गर्ने वस्तलाई प्याकेजिङ र बजारीकरणका लागि सहयोग गर्ने, कोदो, फापरको पीठो प्याकेजिङ गरेर बजारमा ल्याउने योजना बनाएका छौँ, यसले किसानलाई राहज पुग्ने अपेक्षा छ ।”

ADVERTISEMENT

काठेखोला गाउँपालिका-८ लेखानीका चानसिंह श्रीसले कोदोको बिस्कुट उत्पाद गर्न थाल्नु भएको छ । गाउँमै उत्पादन हुने रैथाने बाली कोदोलाई ब्राण्डिङ गरि बिस्कुट बनाएर बजारमा ल्याइ राख्नु भएको छ । तर कोदो खेती धेरैले गर्न छोडेपछि पाउन मुस्किल पर्ने बताउनुभयो । बजारमा कोदोको बिस्कुटको माग बढ्दै गएको भन्दै पीड व्यवस्थापनमा समस्या पर्ने उहाँको भनाइ छ । गाउँमा बस्ने किसानले कोदोको सट्टा अन्य बाली खेती गर्दा कोदो नपाइने स्थिती आएको श्रीसले बताउनुभयो ।

उहाँले भन्नुभयो - “कोदोको बिस्कुट उत्पादन गरेर बजारमा ल्याएपछि माग निकै बढेको छ, देशको धेरै ठाउँबाट माग आएको छ, तर पुर्‍याउन सकिएको छैन, पहिले गाउँमा धेरै मान्छेहरु हुन्थे, उनीहरुले कोदो, फापर, जौँ प्रसस्त लगाउने गर्थे र त्यही खाने गर्थे, तर अहिले धेरैले खेती गर्न छोडे, खेती गर्नेले पनि कोदो रोप्दैनन्, अन्य बाली लगाउँछन् ।”

बागलुङ जिल्लाभर १८ हजार ४५६ हेक्टर क्षेत्रफलमा कोदो खेति हुँदै आएको कृषि ज्ञान केन्द्र बागलुङले जनाएको छ । हरेक वर्ष २३ हजार ४५६ मेट्रिक टन कोदो उत्पादन हुने गरेकोमा पछिल्लो समय घट्दै गएको छ । ज्ञान केन्द्रका अनुसार बागलुङमा अहिले ८५ हेक्टरमा क्षेत्रफलमा फापरको खेती हुने गरेको छ । हरेक वर्ष १२० मेट्रिकटन फापर उत्पादन हुने कृषि ज्ञान केन्द्रको तथ्याङ्कमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?