बागलुङ । सोमबार साँझ बागलुङको निसीखोलामा भएको बस दुर्घटनामा घाइते भएका २४ जनालाई बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा पठाइएको छ ।
दुर्घटनामा मृत्यु भएका सात जनाको शव संकलन भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख राजकुमार विकले जानकारी दिनुभयो ।
सात जनाको घटनास्थलमै मृत्यु भएको र एक जनाको अस्पतालमा ल्याउने क्रममा मृत्यु भएको विकले बताउनुभयो ।
मृत्यु भएका कसैको पनि सनाखत हुन नसकेको उहाँको भनाइ छ । रुकुम पूर्वबाट काठमाडौँका लागि छुटेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नं. को बस आज साझ ५ बजे बागलुङको निसीखोला गाउँपालिका–६ स्थित जाउलेपानीमा दुर्घटना भएको थियो ।
घाइते मध्य २३ जनाको अवस्था गम्भीर रहेको भन्दै दुई जनाको अवस्था सामान्य रहेको प्रहरी निरीक्षक विकले जानकारी दिनुभयो । बस सडकबाट करिब ३ सय मिटर तल खसेको छ ।
प्रहरी निरीक्षक विकले भन्नुभयो - “घाइते र मृत्यु भएका मध्ये कसैको पनि सनाखत हुन सकेको छैन, घाइतेकोे उद्धार गरेर अस्पताल पठाइएको छ, अहिले हामीहरु घटनास्थलमै छौँ, लास छरिएको छ, संकलन गर्ने क्रममा छौँ, घाइते मध्ये अधिकांश अवस्था ‘क्रिटिकल’ छ, ।”







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता