
काठमाडौं । नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले बिमस्टेकलाई पर्यटन प्रवद्र्धनमा जोड्न आवश्यक रहेको बताउनुभएको छ ।
सोमवारको प्रतिनिधि सभाको बैठकमा उपप्रधान एवं परराष्ट्रमन्त्री नारायाणकाजी श्रेष्ठले प्रश्तुत गर्नुभएको विमस्टेक वडापत्रमाथि सामान्य छलफल गरियोस् भन्ने प्रश्तावमाथि सामान्य छलफल गरियोस् भन्ने प्रश्तावमाथिको छलफलमा भाग लिँदै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले यातायातको सञ्जाल र कनेक्टिभिटीमा पनि बिमस्टेकलाई जोड्न जरुरी रहेको बताउनु भयो । उहाँले बिमस्टेकको मञ्चबाट नेपालले अझै अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो प्रश्तुति दिनुपर्ने आवश्यकता रहेको बताउनु भयो । बिमस्टेक सार्कको विकल्पको रुपमा अघि ल्याइएको हो की भन्ने भान हुन थालेको भन्दै नेपाल यसबाट बच्नुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘पर्यटन प्रवद्र्धनमा हामीले बिमस्टेकलाई जोड्नुपर्नेछ । त्यसैगरी यातायातको सञ्जाल र कनेक्टिभिटीमा पनि यसलाई अघि बढाउनुपर्नेछ । र पछिल्ला दिनमा जलवायु परिवर्तनको जतिपनि मार नेपालले खेपिरहेको छ । जतिपनि अन्तर्राष्ट्रिय लविङहरु यो मञ्चमार्फत हामीले गर्नुपर्ने थियो । त्यमसा हामीले जति सफलता पाउनुपर्दथ्यो पाउन सकिरहेका छैनौँ । बिमस्टेकको मञ्चबाट नेपालले अझै अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो प्रश्तुति दिनुपर्ने छ । कताकता बिमस्टेक सार्कको विकल्पको रुपमा अघि ल्याइएको हो की भन्ने भान छ । छिटो भन्दा छिटो सार्कको सम्मेलन आयोजना गर्न आग्रह गर्दछु । एक अर्काको निषेध गर्ने ढंगले आएको छ, यसमा हामी जोगिनुपर्छ ।’
उहाँले छिटो भन्दा छिटो सार्कको सम्मेलन आयोजना गर्न आवश्यक रहेको बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच