भोजपुर । सुक्खा मौसमसँगै हावाहुरी चल्ने र आगलागीका घटना बढने भएकाले विशेष सावधानी अपनाउन नागरिकलाई अनुरोध गरेको छ ।
जिल्ला प्रहरी कार्यालय भोजपुरले जिल्लामा पनि आगोलागीका घटनामा बृद्धि हुदै जान थालेको भन्दै विपद्जन्य घटना बढी हुनसक्ने भएकाले त्यस्ता घटना हुन नदिन र भईहालेमा पनि कम क्षतिमा नियन्त्रण गर्नका लागि जनस्तरबाटै सावधानी अपनाउन आग्रह गरेको हो ।
आगलागीका घटना नियन्त्रण र क्षति न्यूनीकरणका लागि नेपाल प्रहरी प्रयासरत रहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रमुख डिएसपी सुदिपराज पाठकले बताउनुभयो ।
प्रहरी प्रमुख डिएसपी पाठकले भन्नुभयो, “सावधानी अपनाउन सकेमा जोगिन र कम क्षतिमा नियन्त्रण गर्न सकिन्छ, यस तर्फ नागरिक पनि सचेत हुनु जरुरी छ ।” सावधानीका उपाय सहित प्रहरीले जिल्लावासीलाई सचेतताका लागि आग्रह गरेको छ ।
प्रहरीले आगो उत्पन्न हुने सलाई, लाइटर, ग्याँस सिलिण्डर र चुल्हो बालबालिकाबाट टाढै राखी होसियारीपूर्वक प्रयोग गर्न र काम सकिएपछि सुरक्षितसाथ राख्न अनुरोध गरेको छ । विद्युतजन्य सामग्री काम सकिएपछि बन्द गर्न, वनमा डढेलो नलगाउन, वनमा वनभोज गर्दा बालेको आगो र खाएको चुरोटको ठुटा पूर्णरूपमा निभाउन, बल्ने सामाग्रीहरु बालबालिकाको पहुँच भन्दा टाढा राख्न, हावा हुरीको समयमा बाहिर आगो नबाल्न प्रहरीले आग्रह गरेको
छ ।
आगलागी भएको जानकारी हुनासाथ प्रहरी कन्ट्रोल १०० र प्रहरी कार्यालयका सम्पर्क नम्वरहरुमा खवर गर्न पनि जिल्ला प्रहरी कार्यालय भोजपुरले आग्रह गरेका छ । शनिवार भोजपुर नगरपालिका वडा नम्वर १२ टक्सारको मालबाँसेमा बनमा लागेको डढेलो घर बस्तीमा आउँदा सात घर र १० वटा गोठ जलेर नष्ट भएको थियो भने जिल्लाको दक्षिण हतुवागढी गाउँपालिका वडा नम्वर ७ पात्लेपानीमा गोठमा आगो लाग्दा तीन जना बालबालिकाको जलेर मृत्यु भएको थियो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts