भोजपुर । भोजपुरको हतुवागडी गाउँपालिकामा भएको आगलागीमा परी तीन बालबालिकाको मृत्यु भएको छ ।
हतुवागढी गाउँपालिका वडा नंम्वर ७, पात्लेपानीमा भएको आगलागीमा एकाघरका तीन जना बालबालिकाको मृत्यु भएको हाे ।
शनिवार साँझ गाईगोठमा अचानक आगलागी हुँदा एकाघरका दाजुभाइका तीन छोराछोरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रमुख डिएसपी सुदिपराज पाठकले जानकारी दिनुभयो ।
मृत्यु हुनेमा केदार कार्कीको छोरा वर्ष ५ का प्रनिष कार्की र रमेश कार्कीको छोरी वर्ष ७ की दिप्सिका कार्की र निजको भाई वर्ष ३ को दिउनिस कार्कीको खेल्ने क्रममा आगलागीमा परी मृत्यु भएको प्रहरी प्रमुख डिएसपी पाठकले बताउनुभयो ।
घटनास्थल इलाका प्रहरी कार्यालय घोरेटारबाट १५ किलोमिटर दक्षिणमा भएको हो । इलाका प्रहरी कार्यालय घोरेटारबाट घटनाको जानकारी आएपछि प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोली घटना स्थल तर्फ पठाइएको थियो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts