भोजपुर । भोजपुर नगरपालिका वडा नम्वर १२, टक्सारमा रहेको यशोधरा माध्यामिक विद्यालयमा अभिभावकको भेलाबाट शिक्षक अभिभावक संघ गठन गरिएको छ ।
विद्यालयको शैक्षिक सुधारका लागि शुक्रवार बाबुराम तामाङको अध्यक्षतामा शिक्षक अभिभावक संघ गठन गरिएको हो । संघको सदस्यहरुमा मायादेवी राई, रत्न कुमारी राई, कमल शिवा, शेरबहादुर भण्डारी, दिलकुमारी खतिवडा र मनमाया श्रेष्ठ चयन हुनु भएको विद्यालयले जनाएको छ ।
यस भन्दा अगाडि नै वडाध्यक्ष देवीप्रसाद कार्कीको अध्यक्षतामा विद्यालय ब्यवस्थापन समिति भने गठन भइसकेको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts