रुपन्देही । तिलोत्तमा रुपन्देहीको तिलोत्तमा नगरपालिका लुम्बिनी प्रदेशमा प्रथम र मुलुकभरका चौथो भएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको स्थानीय तहको संस्थागत क्षमता स्वमूल्यांकन प्रतिवेदनअनुसार तिलोत्तमा नगरपालिका लुम्बिनी प्रदेशमा प्रथम मुलुकभरका चौथो भएको हो ।
हालै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८–७९ को स्थानीय तहको संस्थागत प्रतिवेदन अनुसार तिलोत्तमा नगरपालिका लुम्बिनी प्रदेशमा प्रथम र क्षमता स्वमूल्यांकन मुलुकभरका चौथो भएको तिलोत्तमा नगरपालिकाका नगर प्रमुख राम कृष्ण खाणले जानकारी दिनु भयो ।
शासकीय प्रबन्ध, संगठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तीय एवं आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्यसम्पादन, भौतिक पूर्वाधार र सामाजिक समावेशीकरण गरी आठ वटा विधाका छुट्टा छुट्टै सूचक मूल्यांकनमा तिलोत्तमा नगरपालिका लुम्बिनी प्रदेशमा प्रथम र मुलुकभरका पालिकाहरु मध्ये चौंथो स्थानमा पर्न सफल भएको हो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हरेक वर्ष स्थानीय तहको संस्थागत क्षमता स्वमूल्यांकन प्रतिवेदन सार्वजनिक गर्दै आइरहेको छ । गत आर्थिक वर्षमा स्वमूल्यांकन प्रतिवेदनमा तिलोत्तमा नगरपालिकाले ९५ दशमलव ७५ प्रतिशत अंक प्राप्त गर्न सफल भएको थियो ।
अहिलेको प्राप्त उपलब्धिले तिलोत्तमा नगरपालिकालाई राष्ट्रव्यापी बनाएको आफ्नो पहिचानमा थप टेवा पुर्याएको छ । तिलोत्तमा लाई मुलुककै उत्कृष्ट, नमूना नगरपालिका बनाउने अभियानमा निरन्तर क्रियाशील रहेको नगर प्रमुख खाणले बताउनु भयो।
भौतिक तथा सामाजिक विकासका क्षेत्रमा भैरहेका कामलाई एउटा गन्तव्यमा पुर्याउने र नयाँ काम गर्दै जाने विषयमा सिंगो नगरपालिका लागिरहने नगर प्रमुख रामकृष्ण खाणले वताउनु भयो।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता