गुल्मी । गुल्मीको तम्घासस्थित खुकुरी युथ क्लबले फागु पूर्णिमा होलीको अवसरमा एक ब्रेन ट्युमटर पीडितको सहयोगार्थ होली विशेष कार्यक्रम गर्ने भएको छ।
पत्रकार सम्मेलन मार्फत क्लबका सचिव निशान टण्डनले गुल्मीदरबार गाउँपालिका–७ का ब्रेन ट्युमर पीडित सन्दिप अर्यालको सहयोगार्थ यहि चैत्र ११ गते होली विशेष कार्यक्रम गर्न लागिएको जानकारी दिनुभयो।
फागु पूर्णिमा होलीको अवसरमा विगत तीन वर्षदेखि खुकुरी युथ क्लबले सांस्कृतिक, सामाजिक र खेलकुदको क्षेत्रमा कार्यक्रम गर्दै आएको क्लबका अध्यक्ष सन्दिप भलामीले बताउनुभयो। सनातन धर्म, संस्कृतिको संरक्षण र प्रवर्धन गर्ने, स्थानीय रैथाने खानाका परिकारको प्रवर्द्धन, स्थानीय कलाकारहरुको प्रतिभालाई उजागर गर्न नृत्य, गायनका लगायतका सांगितिक कार्यक्रम राखिने भएको छ।
त्यस्तै, ऐतिहासिक तथा धार्मिक क्षेत्र रेसुङ्गा तपोभूमिको प्रचार-प्रसार गर्ने र घैटोफोड, स्लो बाइक रेस, भाले छोपाई जस्ता प्रतियोगिताले दिनभर चिदिचौरलाई होली उत्सवमय बनाउने उद्देश्य राखेर कार्यक्रम गर्न लागिएको आयोजक संस्थाले जनाएको छ। प्रतियोगितातर्फ विभिन्न पुरस्कारको समेत व्यवस्था गरिएको छ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts