इलाम । इलामको निर्वाचन क्षेत्र दुईका प्रतिनिधि सभाका सदस्य सुवासचन्द्र नेम्बाङको गएको भदौ २६ गते निधन पछि रिक्त बनेको उक्त क्षेत्रमा चुनाव हुने भए सँगै जिल्लामा चुनावी रौनक सुरु भएको छ । २०५६ सालदेखि नेम्बाङले निरन्तर विजयी हासिल गर्दै आएको उक्त क्षेत्रमा उहाँको निधनपछि उपनिर्वाचनको तयारी भएको हो ।
बिभिन्न पाटीका आकाङ्क्षीहरु चुनावी मैदानमा उत्रने तयारीका साथ यतिबेला निर्वाचन केन्द्रित कार्यक्रमा जुटेका छन् । तर कुन पाटीमा कस्ले टिकट पाउने अझै निश्चीत भने भइसकेको देखिदैन । तर पनि टिकटकै लागि पाटी भित्र टिकट हत्याउन आन्तरिकरुपमा नै रस्सा कस्सी देखिन्छ । यता पाटीले भने सहि र संक्षम उम्मेदवार चयन गर्नका लागि गृहकार्य गरिरहेको एमाले इलाम पाटी सचिव उमेश गुरुङ्गले बताउनुभयो ।
उता लामो समयसम्म एमालेले वर्चस्व जमाएको ठाउँलाई यस पटक कब्जा गर्ने दाउमा नेपाली काँग्रेसले तयारी थालेको छ । तर सत्ता समिकरण फेरिए संगै काँग्रेसले बिरासत लडाउने सपना हात पार्न भने त्यती सजिलो देखिदैन । यस्तै सधैँ नेकपा एमालेबाट एकल उम्मेदवार रहेर विजयी बनेको नेम्बाङको ठाउँमा उप निर्वाचन हुँदै गर्दा एमाले भित्रै पनि उम्मेदवारको दौडाहा चलिरहेको छ । एकल उम्मेदवार नभएको कारण एमालेलाई पनि यस पटक बिरासत थाम्न सहज भने छैन तर नेपाली काग्रेसले भने आफ्नो जित पक्काहुने भन्दै निर्वाचन केद्रित योजना बुन्न सुरु गरिसकेको काग्रेस इलाम पाटी सचिव पुर्ण प्रसाद गौतमको भनाई छ ।
उता राष्ट्रिय स्वतन्त्र पार्टीले जिल्लाको बस्तुस्थिति अध्ययन गर्नका लागि पार्टीका केन्द्रीय नेतालाई खटाइसकेको र उनीहरूले दिएको सुझावका आधारमा उम्मेदवार बनाउने तयारी गरिरहँदा स्वतन्त्र उम्मेदवारको रूपमा पत्रकार मिलन लिम्बुले उपनिर्वाचनमा उठ्ने घोषणा गरिसक्नु भएकाे छ । त्यस्तै धरानका मेयर हर्क साङपाङले पनि एक जनालाई तयारी गरेर उठाउने भन्दै सामाजिक सञ्जाल तताइरहनु भएकाे छ भने पहिचानको मुद्दा बोकेर पहिचान पक्षधर पनि उपनिर्वाचनमा होमिनै तयारीमा जुटेका छन् ।
नेताहरुको दौडधुप
जिल्लामा उपनिर्वाचनको मिति तय भएसंगै नेताहरुको दौडधुप पनि सुरु भएको छ । उपनिर्वाचनमा नेकपा एमालेसँगै, नेपाली काँग्रेस र स्वतन्त्र पार्टीका उम्मेद्वारहरुको आङ्कलन र चर्चा सुरु भइसकेको छ ।
नेम्बाङले निरन्तर विजयी हासिल गर्दै आएको इलाम निर्वाचन क्षेत्र नं. २ मा नेम्बाङको निधनपछि उहाँको कार्यभार पूरा गर्न उहाँका कान्छा छोरा सुहाङको चर्चा निकै छ । राजनीतिमा त्यति सक्रिय नभए पनि नेम्बाङको उत्तराधिकारी बन्न सक्ने तर्क आउन थालेको छ ।
बुबाको निधन पछि सुहाङले देखाएको इच्छा र नेम्बाङको निधनले विक्षिप्त बनेको बेला सहानुभूतिमा सुहाङको नाम ल्याएको पनि देखिन्छ । अहिले एमालेमा युवा नेताहरू बुद्धि खनाल, रवीन्द्र सुवेदीको चर्चा पनि चलिरहेको छ भने नेम्बाङको समकालीन भएको कारण डा. देवी क्षेत्री दुलाल र नरेन्द्रनाथ भट्टराई पनि आकाङ्क्षीमा हुनुहुन्छ ।
यता नेपाली काङ्ग्रेसबाट भने २०७९ को निर्वाचनमा नेम्बाङसँग एक सय १४ मतले पराजित डम्बर खड्का नै पुनः उम्मेदवार बन्ने चर्चा छ । गत निर्वाचनमा टिकट लिन प्रतिस्पर्धामा रहेका भेषराज आचार्य अहिले पनि अघि बढिरहनुभएकाे छ । नेम्बाङको निधन पछि कांगेस नेता केशव थापा पनि भित्र भित्रै लागिरहेकाे देखिन्छन् ।
यता राष्ट्रिय स्वतन्त्र पाटीबाटको उम्मेदवार आउँछ भन्नेमा ठुला दलहरू पनि चनाखो बनिरहेका छन् । पछिल्लो समयमा स्वतन्त्र पाटीले निकै चर्चा पाइरहेको अवस्थामा रास्वपाको उम्मेदवारले आङ्कलन परिवर्तन गराउनेमा ठुलो दलमा चिन्ता छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts