गुल्मी । रुरुक्षेत्र गाउँपालिकाले स्थापना दिवसको अवसरमा आयोजना गरेको ‘रक्तदान, जीवनदान’ भन्ने नारासहितको वृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
उक्त रक्तदान कार्यक्रममा १०४ रक्तदाताहरुबाट रगत दान गरिएको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिनुभयो।
पाण्डेकाअनुसार २०७३ फागुन २७ गते स्थानीय तह स्थापना भएको दिनको अवसरमा गाउँपालिका सेवा प्रवाह, विकास निर्माणको साथमा मानव सेवामासमेत रहेको सन्देश दिन वृहत रक्तदान कार्यक्रम गरिएको हो ।
रक्तदान कार्यक्रममा नागरिकको उल्लेखनीय उपस्थिती रहेको भन्दै यस्तो कार्यक्रम नियमित सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको स्वास्थ्य शाखा प्रमुख छत्रबहादुर अधिकारीले बताउनुभयो ।
रुरुक्षेत्र गाउँपालिकाका नागरिकहरुलाई रगतको अभावले उपचारबाट बन्चित हुन नपरोस भन्ने मुख्य उद्देश्यको साथ गाउँपालिकाका समग्र क्षेत्रमा जस्तै मानव सेवामा पनि जनताको साथमै रहेको सन्देश दिन सिंहदरबारको अधिकार गाउँमा स्थापित भएको दिन स्थानीय तह स्थापनाको अवसरमा यो कार्यक्रमको आयोजना गरिएको अध्यक्ष यदु ज्ञवालीले बताउनुभयो ।
रक्त सञ्चार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोगमा सञ्चालन गरिएको रक्तदान कार्यक्रममा गाउँपालिकाका कर्मचारी, शिक्षक, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, स्थानीय समाजसेवीहरुको सहभागीता रहेको थियो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts