
नवलपरासी । पश्चिम नवलपरासीका हिमालय टाइम्स कर्मी प्रकाश न्यौपाने सम्मानित हुनुभएको छ । बर्दघाट खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको रजत जयन्तीको अवसरमा न्यौपानेलाई सम्मान गरिएको हो ।
प्रतिनिधि सभा सदस्य सरिता भुसाल, लुम्बिनी प्रदेश सभा सदस्य बिश्वप्रेम पाठक र बर्दघाट खानेपानीका अध्यक्ष दिपक लम्साल प्रशंसापत्र र दोसल्ला ओडाएर सम्मान गर्नुभएको थियो ।
खानेपानी, सरसफाइ तथा स्वाच्छताका बारेमा सचेतनामूलक समाचार प्रकाशित गरेर सामाजिक क्षेत्रमा योगदान दिएको भन्दै न्यौपानेलाई सम्मान गरेको हो ।
रजत जयन्तीको अवसरमा बर्दघाट खानेपानीलाई विभिन्न समयमा योगदान पुर्याउने पुर्व अध्यक्ष, पुर्व कार्यसमिति, पुर्व लेखा समिति, प्राबिधिक सल्लाहकार, खानेपानी सुरक्षा योजनाका सदस्यहरु, उत्कृष्ट कर्मचारीको रुपमा ब्यवस्थापक बिष्णु भुसाललाई सम्मान गरिएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच