काठमाडौं । यही शुक्रबारदेखि सिनेमाघरमा आएको चलचित्र ‘अगस्त्य च्याप्टर १’ले प्रदर्शनकै दिनदेखि दर्शकको साथ पाइरहेको छ । नेपाली वक्सअफिसमा निरन्तर देखिएको व्यापारिक निराशालाई ‘अगस्त्य च्याप्टर १’ले राहत दिलाउन थालेको छ । प्रदर्शनमा आएसँगै यस चलचित्रले नेपाली वक्सअफिसमा उत्साहजनक व्यापार गरिरहेको छ ।
सुरुवातमा देशभरका १११ हलमा रिलिजमा आएको फिल्मको शुक्रबार देशभरका हलमा ४५ प्रतिशत अकुपेन्सी देखिएको थियो । रिलिजको दोस्रो दिन देशभरका हलमा करिब ८५ प्रतिशत अकुपेन्सी लिन सफल भएको थियो । सोहीअनुसार यो चलचित्रले शुक्रबार, शनिबार र आइतबार डेढ करोड ग्रस हाराहारीमा कमाइ गरेको छ ।
सौरभ चौधरीको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्रले दर्शकबाट मिलेको सकारात्मक प्रतिक्रिया र बलियो ‘वर्ड अफ माउथ’का साथ काठमाडौं उपत्यकासँगै मोफसलमा पनि राम्रो व्यापार गरेको गर्न थालेको छ । सोमबारबाट देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सका काठमाडौं र मोफसलका स्टेशनसहित बिग मुभिज्, वान् सिनेमाज्, सिडिसी सिनेमाज्, पोखराको मिडटाउन सिनेमाज्, धरानको फ्रेन्ड्स सिनेमाजमा दर्शकको उपस्थिति सुखद् थियो ।
आमदर्शक, चलचित्रकर्मी र प्रदर्शकले समेत आशा गरेको यो चलचित्रले धेरै राम्रो व्यापार गर्नुका साथै सोमबारयता हलहरूले उल्यख्य शो उपलब्ध गराउँदै आइरहेका छन् । ‘वर्ड अफ माउथ’ राम्रो रहेकाले बाँकी दिनमा ‘अगस्त्य च्याप्टर १’ले सुखद् कमाइ जारी राख्ने देख्न सकिन्छ ।
डार्क हर्स इन्टरटेनमेन्ट र सेभेन सिज इन्टरटेनमेन्टको प्रस्तुति रहेको यो चलचित्रमा सौगात मल्ल, नाजिर हुसेन, मलिका महत, प्रमोद अग्रहरि, बेन बस्नेत, विजय बराल, रवीन्द्र झा, शिशिर बाङ्देल, निश्चल बस्नेत, सिम्रन खड्का, प्रकाश दाहाल, प्रदीप ढकाल, गजेन्द्र त्रिपाठी, सचिन चन्द्रलगायत कलाकारको अभिनय छ । विश्व गौचन र अभिषेक चौधरी कार्यकारी निर्माता तथा प्रकाश मल्ल, अनिस तामाङ र विनोद पौडेल निर्माता रहेको चलचित्रमा सञ्जय लामाको छायांकन, निर्देशक चौधरी स्वयंको लेखन, निमेष श्रेष्ठको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन र एसडी योगीको संगीत छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts