कालीकोट । नेपाली कांग्रेसका प्रभावशाली युवा नेता भुपेन्द्रजंग शाहीले गणतन्त्रमा नेताको भन्दा जनताको हैसियत माथि हुनुपर्ने बताउनुभएको छ । बुधबार जिल्ला समन्वय समिति कालीकोटको सभाहलमा आयोजित ५ औँ जिल्ला सभाहलाई सम्बोधन गर्नुहुँदै यस्ता बताउनुभएको हो ।
मान्छेको हैसियत भनेको आर्थिक कुरा मात्र नभई मान, सम्मान र इज्जतको कुरा भएको बताउँदै कालीकोटका जनताको आफ्नै इज्जत, सम्मान र हैसियत छ भन्ने कुरा सबैले बुझ्नुपर्ने बताउनुभयो ।
आज पनि तल्लो वर्गका जनतालाई आर्थिक रुपमा माथि उठाउन राज्यको भूमिका एकदमै कम देखिएको नेता शाहीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘विपन्न समुदायलाई आर्थिक र सामाजिक रुपले सबल बनाउन के गर्नुपर्छ भन्नेमा राज्यको ध्यान पुग्न सकेको छैन । हरेक वर्ष बजेटमा बिपन्न वर्गको उत्थानका लागि भनेर विभिन्न कार्यक्रम घोषण गरिन्छ तर व्यवहारमात्यसको कार्यान्वयन नहुँदा जनताको जीवनस्तरमाथि उठ्न सकेको छैन ।’
उहाँले भन्नुभयो, ‘राजतन्त्रमा राजालाई खुशी पार्नुपर्ने थियो अहिले विभिन्न दलका नेतालाई खुसी पार्नुपर्छ, नेताको नोकरीमा बढ्न सकिन्छ न ब्यापार–व्यावसाय यहाँसम्म की, नेताहरु दाहिने भए जघन्य अपराधबाटसमेत उन्मुक्ति पाउने अबस्था पछिल्लो समय देखिन थालेकाले यसप्रति चिन्ता बढ्दै गएको छ ।’
जनतालाई आश्रित बनाउने यस्तो जुनसुकै शासन ब्यवस्थामा निरन्तरता पाउनु दुर्भाग्य भएको उहाँले बताउनु भयो । नागरिक हक प्राप्त गर्नुपर्ने जनताको हैसियत लोकतन्त्रमा पनि रैतीभन्दामाथि उठ्न नसकेको उहाँले टिप्पणी गर्नुभयो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts