भोजपुर ( विराटनगर) । विराटनगरस्थित कोशी अस्पतालमा दुर्लभ र जटिल किसिमको हातको पाताको शल्यक्रिया गरिएको छ ।
कोशी अस्पतालमा मोरङको ग्रामथान वडा नम्बर ४ मोतीपुरका बुधेकुमार सरदारको देब्रेहातको फिरपाताको शल्यक्रिया गरिएको हो ।
रुखबाट लडेर सरदारको देब्रे हातको पाताको हड्डी भाँचिएको थियो । भाँचिएर टुक्रा–टुक्रा बनेको हड्डीको सफल शल्यक्रिया गरेको अस्पतालले जनाएको छ । डा. मिलन केसीको नेतृत्वमा डा. नविन सुवेदी र डा. रोशन यादव सहितको चिकित्सक र स्वास्थ्यकर्मीको टोलीले सरदारको दुर्लभ तथा जटिल किसिमको शल्यक्रिया गरेको हो ।
डाक्टर केसीले कोशी प्रदेशमै पहिलोपटक यस किसिमको शल्यक्रिया भएको दाबी गर्नुभयो । “मलाई जानकारी भए अनुसार कोशी प्रदेशमा यसअघि यस्तो शल्यक्रिया कहिल्यै पनि भएको थिएन,” डा. केसीले भन्नभयो, “कोशी अस्पतालमा पनि जटिल किसिमको शल्यक्रिया गर्न सकिन्छ भन्ने प्रमाणित भएको छ ।”
कोशी अस्पतालमा राम्रो उपचार हुन्छ भन्ने सुनेर आएको बिरामी सरदारले बताउनुभयो । पुराना र अनुभवी डाक्टरले अप्रेसन गर्छन् भनेर यहाँ आएको उहाँको भनाई थियो । “कोशीमा राम्रो उपचार हुन्छ भनेर सुनेर आएको हुँ । वास्तवमै धेरै राम्रो उपचार हुँदोरहेछ,” सरदारले भन्नुभयो, “मैले विश्वास गरे अनुसार नै धेरै राम्रो रहेछ कोशी अस्पतालको उपचार सेवा ।” सरदारको १८ दिनअघि रुखबाट लडेर देब्रेहातको पातोका सबै हड्डी भाँचिएको थियो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts