किसानको तरकारी किनिदिने कृषि मार्ट सञ्चालनमा

चिसाङ शेर्पा खोटाङ, संवाददाता
चिसाङ शेर्पा खोटाङ, संवाददाता
Read Time = 3 mins

खोटाङ । खोटाङको हलेसीतुवाचुङ नगरपालिकाले किसानहरुले उत्पादन गरेको तरकारी किनिदिने चिस्यानसहितको कृषि मार्ट सञ्चालन गरेको छ । नगरपालिकाभित्रका एघार वडाका किसानहरुले उत्पादन गरेको तरकारीजन्य र मसलाजन्य कृषिउपजकिनिदिने गरी मार्ट सञ्चालन गरेको हो ।

आर्थिक वर्ष २०७९/०८० मा विनियोजित १८ लाख ४४ हजार र चालू आर्थिक वर्ष २०८०/०८१ मा विनियोजन गरिएको १९ लाख ९४ हजार ८ सय ३१ रुपैयाँसहित गरी ३८ लाख ३८ हजार ८३१ रुपैयाँमा महादेवस्थानस्थित ट्राफिक चोकमा निर्माण गरी सञ्चालनमा ल्याईएको कृषि मार्टको आईतबार उद्घाटन गरिएको छ ।

कृषि मार्टलाई भाडामा लगाउन सूचना निकालिएको थियो । सूचनाअनुसार हलेसी कोल्ड स्टोर कम्पनीले मार्ट सञ्चालन गर्ने जिम्मा पाएको छ । मार्ट चलाए वापत नीजि कम्पनीले मासिक दशहजार भाडा नगरपालिकालाई बुझाउनुपर्ने नगरका सह लेखापाल भिम ढकालले जानकारी दिनुभयो ।

अब किसानले उत्पादन गरेको तरकारी कृषि मार्टमा ल्याएर एकमुष्ट विक्री गर्नेछन् । किसानबाट किनेको तरकारी मार्ट सञ्चालकले २० प्रतिशत मुनाफा राखेर विक्री गर्न पाउनेछन् । यहाँको तरकारीले धान्न नसकेको अवस्थामा मात्रै कृषि मार्ट सञ्चालकले बाहिरको तरकारी ल्याउन पाउनेछन् । अन्यथा बाहिरको तरकारी ल्याउन व्याण्ड गरेकाे महादेवस्थानका वडाध्यक्ष कमल गिरीले बताउनु भयो ।

ADVERTISEMENT

केहीदिन अघि महादेवस्थान वडा कार्यालयमा जनप्रतिनिधि, कृषक र होटल व्यावसायिहरुसँग छलफल गरेर तरकारीको मूल्य निर्धारण गरेपछि सोही मूल्यअनुसार कृषकले उत्पादन गरेको कृषि उपज कृषि मार्टमा विक्री हुनेछ । आवश्यकता र सयमको आधारमा मूल्य परिवर्तन पनि हुँदै जाने मेयर विमला राईले बताउनुभयो ।

विगतमा कृषि उपजहरु विक्री नहुने, उचित मूल्य नपाउने, विक्री गर्न घरहरुमा बोकेर डुलाउदै जानु पर्ने कृषकहरुको बाध्यता थियो ।चिस्यानसहितको कृषि मार्ट सञ्चालनमा आएसँगै कृषकहरुको उक्त समस्या समाधान हुने मेयर राईले बताउनुभयाे ।

पहिला उत्पादित कृषि उपजहरु विक्रीगर्न धेरै समस्या भएको अहिले नगरपालिकाले मार्ट सञ्चालन गरेर किसानको तरकारी एकै ठाउँमा, एकै पटक किनिदिने वातावरण बनाउँदा खुशी लागेको महादेवस्थानका कृषक सरनसरी राईले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?