काठमाडौं । माछापुच्छ्रे बैंकले डिजिटल कारोबारमा आधुनिक प्रविधि भित्र्याई सोको प्रवद्र्धन, संवद्र्धन तथा कार्यान्वयनमा जोड दिँदै आएको छ । सोही क्रममा बैंकले मोबाइल बैंकिङ एप र वेबसाइटमार्फत् बैंकमा रिपोर्ट गर्न मिल्ने सुविधा पनि सञ्चालनमा ल्याएको छ ।
जसअन्तर्गत असफल भएको कारोबार रिपोर्ट गरी सो रिपोर्टको प्रोग्रेस कुन चरणमा पुगेको छ भन्ने कुराको अपडेट हेर्न सकिन्छ । साथै असफल कारोबारको समस्या समाधानपछि रकम फिर्ता भएकोे जानकारी मेसेज र इमेलबाट ग्राहकलाई गराइने बैंकले जनाएको छ ।
सोहीअन्तर्गत ग्राहकले आफ्नो मोबाइल बैंकिङ एप प्रयोग गरेर स्टेटमेन्ट बटनमा गई असफल कारोबारबारेमा रिपोर्ट गर्न सक्ने र त्यसरी ग्राहकको रिपोर्ट प्राप्त भएपछि बैंकले उक्त कारोबारबारेमा आवश्यक प्रक्रिया अघि बढाउने र असफल भएको प्रमाणका आधारमा ग्राहकको खातामा सम्बन्धित रकम आफैं फिर्ता गर्ने बैंकले जनाएको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता