भोजपुर । नेकपा एमाले भोजपुरको नवौं जिल्ला अधिवेशन २०८१ वैशाख ३ र ४ गते गर्ने निर्णय भएको छ ।
नेकपा एमाले जिल्ला कमिटिको सदरमुकाममा भएको १०औँ पूर्ण बैठकले अधिवेशन लगायतको निर्णय गरेको हो ।
एमाले जिल्ला कमिटि अध्यक्ष शरण राईको अध्यक्षतामा बसेको पूर्ण वैठकले जिल्ला अधिवेशनको मिति तय गरेको हो । पूर्ण बैठकमा पार्टी केन्द्रीय कमिटीका सचिव एवं कोशी प्रदेश कमिटीका इन्चार्ज रघुवीर महासेठ, स्थायी कमिटी सदस्य एवं पूर्व मुख्यमंत्री शेरधन राई, जिल्ला कमिटी इन्चार्ज एवं केन्द्रीय सदस्य रविन कोइराला, केन्द्रीय सदस्यहरू हेमराज राई, हरि बहादुर राई, पर्शुराम अधिकारी, प्रदेश कमिटि सचिव राजकुमार भण्डारी सहितको सहभागिता रहेको थियो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts