काठमाडौं । हिटाकर्मी गीता अधिकारीलाई पत्रकारिता सम्मान तथा पुरस्कार अर्पण गरिएको छ । काठमाडौंमा सम्पन्न भएको ‘रारा राष्ट्रिय म्युजिक अवार्ड २०८०’ मा उहाँलाई विशेष पत्रकारिता सम्मानद्वारा विभूषित गरिएको हो ।
अवार्ड समारोहका प्रमुख अतिथि सभामुख देवराज घिमिरेले अधिकारीलाई सम्मान गर्नुभएको थियो । अधिकारीलाई प्रमुख अतिथि घिमिरेले दोसल्ला, माला र सम्मान पत्र अर्पण गर्दै सम्मान गर्नुभएको थियो । अधिकारी विगत डेढ दशकदेखि पत्रकारितामा निरन्तर सक्रिय रहँदै आउनुभएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts