कञ्चनपुर । कञ्चनपुर उद्योग वाणिज्य सङ्घले यहाँको गड्डाचौकी सीमा क्षेत्रमा अलपत्र परेर उद्धार गरिएका यात्रुलाई गन्तव्यमा पुर्याउन आवश्यक सहयोग गर्ने भएको छ ।
यही फागुन २१ देखि ३० गतेसम्म वाणिज्य सङ्घको आयोजनामा हुने सुदूरपश्चिम औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवको प्रति टिकटबाट रु पाँच सामाजिक काममा खर्चिने सङ्घले निर्णय भएको छ ।
सङ्घका वरिष्ठ उपाध्यक्ष दिनेश मल्लले टिकटबाट छुट्याइएको रकम सामाजिक कार्यअन्तर्गत पहिलो चरणमा गड्डाचौकीलगायत सीमा क्षेत्रमा नेपाल-भारत आवातजावतका क्रममा अलपत्र परेर उद्धार गरिएका र समस्यामा परेका यात्रुलाई गन्तव्यमा पुर्याउन सहयोग गर्ने बताउनुभयो ।
“सीमामा अलपत्र पर्नेलाई उद्धार सुरक्षा निकायबाट हुन्छ”, मल्लले भन्नुभयो, “कहिलेकाहीँ एक छाक खुवाएर एक रात बास दिनुपर्ने अवस्था समेत आउने भएकाले आगामी दिनमा सो विषयमा सङ्घले पनि सहयोग गर्ने निर्णय भएको छ ।” उहाँले सामाजिक क्षेत्रका लागि छुट्याइएको रकमले यहाँका आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई छात्रवृत्ति, अनाथालय र वद्धाश्रममासमेत गर्ने बताउनुभयो ।
‘कृषि उत्पादन र स्वरोजगार, आर्थिक समृद्धिको आधार’ भन्ने नारका साथ सुरु हुन लागेको महोत्सवको १५ संस्करणमा सर्वसाधारणका लागि प्रतिव्यक्ति रु एक सय र विद्यार्थीका लागि प्रतिटिकट रु ५० तोकिएको छ ।
महोत्सव अवधिमा स्थानीय उत्पादन, वस्तु तथा सेवालाई मुख्य आकर्षणका रुपमा राखिने आयोजकले पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । साथै लघुउद्यम, अटो प्रदर्शनी, कृषि, बाल उद्यानसहित सुदूरपश्चिमको कला संस्कृति जर्गेनामासमेत सङ्घ लाग्ने जनाएको छ । महोत्सव अवधिमा तीन लाख दर्शकले अवलोकन गर्नुका साथै रु पाँच करोडको करोबार हुने आयोजकको अपेक्षा छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements