आज गुल्मीका पाँच स्थानीय तहमा बिदा

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 1 min

गुल्मी । आज (मङ्गलबार) गुल्मीका पाँच स्थानीय तहले बिदा दिएका छन् । दुई नगरपालिका र दस गाउँपालिका गरी १२ स्थानीय तहमध्ये पाँच स्थानीयले ४२ औं राष्ट्रिय मगर एकता दिवसको अवसरमा बिदा दिएका हुन् ।

सार्वजनिक बिदा सम्बन्धि छुट्टाछुट्टै सूचना जारी गर्दै यस जिल्लाका कालीगण्डकी गाउँपालिका, सत्यवती गाउँपालिका, चन्द्रकोट गाउँपालिका, गुल्मीदरबार गाउँपालिका र मालिका गाउँपालिका गरी पाँच स्थानीय तहले बिदा दिएका हुन् ।

ADVERTISEMENT

४२ औं राष्ट्रिय मगर एकता दिवसको अवसरमा कार्यालय, आफ्ना मातहतका सम्पूर्ण वडा कार्यालय, स्वास्थ्य चौकी, विद्यालय तथा सार्वजनिक संघ संस्थाहरुमा सार्वजनिक बिदा दिइएको पाँच स्थानीय तहले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज