भोजपुर । नेपाली कांग्रेस भोजपुरको जिल्ला सम्मेलन आगामी फागुन १९ गते जिल्ला सदरमुकाममा हुने भएको छ । केन्द्रिय महामन्त्री बिश्वप्रकाश शर्माको प्रमुख आतिथ्यमा जिल्ला सम्मेलनको तयारी थालिएको हो ।
जिल्ला सम्मेलनमा महामन्त्री शर्माका साथै पार्टीका अन्य नेताहरुले पनि सम्वोधन हुने पार्टी सचिव चक्र कार्कीले जानकारी दिनुभयो ।
सम्मेलनमा सहभागी नेता तथा कार्यकर्ताहरुलाई प्रमोदहरी गुरागाईद्धारा प्रशिक्षण पनि गराईने सचिव कार्कीको भनाई रहेको छ । सम्मेलनको लागि अहिले कांग्रेसले प्रचार प्रसार लगायतका तयारीहरु समेत थालेको छ ।
सम्मेलनमा सहभागिताका लागि पार्टीका पूर्व जिल्ला सभापति, पार्टी पदाधिकारीहरु, महाधिवेशन प्रतिनिधिहरु, महासमिति सदस्य, प्रदेश कार्य समिति, पालिका पदाधिकाहरु, नौ वटै पालिकाको ८१ वटै वडा समितिका पदाधिकारीहरुलाई अनिवार्य सहभागिता हुन भनिएको छ ।
यसैगरी पार्टीका भातृ तथा शुभेच्छुक संघ संस्थाहरु, नेपाल तरुण दल, नेवि संघ, महिला संघ, दलित संघ, सांस्कृतिक संघ, शिक्षक संघ, किसान संघ, प्रजातन्त्रवादी प्राध्यापक संघ लगायत सवैलाई सम्मेलनमा सहभागिताका लागि आह्रवान गरिएको नेपाली कांग्रेस जिल्ला कार्य समितिले जनाएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts