रवि लामिछानेको प्रश्न – विवादित मन्त्रीहरुलाई सदनमा उभिएर जवाफ दिन के ले रोक्यो ?

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विवादित मन्त्रीहरुले आफूमाथि उठेका प्रश्नहरुको संसदमा उभिएर जवाफ दिनुपर्ने बताउनुभएको छ ।

सोमवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सभापति लामिछानेले विवादित मन्त्रीहरुले आफूहरुमाथिको आरोप निराधार हुन भने संसदमा आएर जवाफ दिनुपर्ने बताउनुभएको हो । उहाँले सभामुखले पटक-पटक रुलिङ गर्नुभएको भन्दै मन्त्रीहरुलाई संसदमा उभिएर जवाफ दिन के ले रोकेको छ ? भनि प्रश्न समेत गर्नुभयो । उहाँले सार्वभौम संसदलाई लडाई र आरोप-प्रत्यारोपको क्षेत्रजस्तो किन बनाइँदैछ ? भनि प्रश्न समेत गर्नुभयो । उहाँले एनसेल खरिद बिक्री प्रकरणको छानविन प्रतिवेदनमाथि पनि संसदमा छलफल हुनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो - ‘यो सार्वभौम संसदलाई लडाइँको क्षेत्र जस्तो, आरोप-प्रत्यारोपको क्षेत्रजस्तो किन बनाइएको छ ? सभामुखबाट रुलिङ समेत भइसकेको विषयमा सरकारका केही मन्त्रीहरुले आफूलाई लागेको गम्भिर आरोपका विषयमा यो सदनमा आएर उभिएर जवाफ दिन रोकेको छ के ले ? किन यो चिज निरन्तर मागिरहनुपर्ने भयो ? यदि कुनै अफ्ठयाराे छैन, यदि आफूमाथि उठेका प्रश्नहरुको जवाफ दिनसक्ने यथेष्ट आधारहरु छन्, ति आरोप वा विषयहरु निराधार हुन् भने सार्वभौम संसदमा उभिएर त्यस बारेमा भन्नका लागि सरकारलाई के ले रोक्यो ? सभामुखले लगातार तीन पटक रुलिङ गरिसक्नुभएको छ । सभामुखको रुलिङलाई पनि बेवास्ता गर्ने ? प्रतिपक्ष मात्र होइन सत्ता पक्षमा रहेका साथीहरु समेत सरकारका विभिन्न रवैयाहरुको बिरोध गरिरहेको, आलोचना गरिरहेको यो परिप्रेक्षमा जुन ढंगले वेवास्ता गरिएको छ यो गम्भिर विषय छ । लोकतन्त्रको लागि यो सुहाउँदो भएन । भद्दा भयो । त्यसकारणले म सबैको ध्यानाकर्षण गराउन चाहन्छु । त्यो मात्रै होइन एक्जियाटाको रिपोर्ट खोई ? कयौँ विषय हामीले मागेका छौँ । एनसेल खरिद बिक्रीको विषयलाई लिएर संसद, सडक तात्यो । खोइ यो विषयमा हामीले चर्चा गर्न पाएको ?’

ADVERTISEMENT

उहाँले सरकारले मिटरब्याज पीडितहरुको समस्या समाधान नगरेको पनि बताउनु भयो । सरकारले विगतमा मिटरब्याज पीडितहरुको समस्या समाधान गर्ने झुटो आश्वासन दिएको उहाँको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज