काठमाडौं । काव्यापी रिलायन्स एजुकेशन नेटवर्क विज्ञान तथा सूचना प्रविधि प्रदर्शनी शनिबार समापन भएको छ । काठमाडौं उपत्यकाका झण्डै दुई दर्जन स्कुल-कलेजहरुको सहभागिता रहेको सो प्रदर्शनीको समापन समारोहमा त्रिभुवन विश्वविद्ययालय विज्ञान तथा प्रविधि संस्थानका डिन प्रा.डा.विनिल अर्यालको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रमा भएको हो ।
प्रमुख अतिथि प्रा.डा.अर्यालका अनुसार रिलायन्स कलेज शिक्षा क्षेत्रमा आफैं सधैं केही न केही सिर्जनशील र विद्यार्थी केन्द्रित गतिविधि गर्नमा अब्बल रहेको बताउनुभयो । विशेष अतिथि त्रिभुवन विश्वविद्यालयका विज्ञान संकायका प्रोक्टर राजेन्द्रप्रसाद कोइरालाले यो प्रदर्शनी विद्यार्थी वर्गका लागि लाभ दायक रहेको बताउनुभयो ।
रिलायन्स एजुकेशन नेटवर्कका अध्यक्ष तथा कलेज प्रिन्सिपल रविन्द्रजंग थापाले आगामी वर्षको विज्ञान प्रदर्शनी बागमती प्रदेशस्तरीय नै गरिने जानकारी दिनुभयो । सो कलेजका विज्ञान संकायका संयोजक यादव पाण्डेले स्वागत मन्तव्य राख्नु भएको थियो । प्रदर्शनीमा करिब ४५ वटा विद्यालयका चार हजार जना विद्यार्थीले ४२ वटा प्रदर्शनी अवलोकन गरेको कलेजका सहप्रधानाध्याक नन्दुप्रसाद कुशुवाहाले बताउनुभयो । उहाँले कार्यक्रम एउटा भेलामात्रै नभई सिर्जनात्मकता, कल्पना र ज्ञानको तिर्खाको उत्सव भएको बताउनु भयो । विज्ञान र प्रविधिको प्रयोग गरेर समस्याको समाधान गर्न, नयाँ सिर्जना गर्न र हाम्रो संसारलाई अझै राम्रो बनाउन भए÷गरेका कामहरू प्रदर्शनीमा देखिने उहाँको दाबी छ । सिनियर चार्टड एकाउण्टेट राजुकुमार शिवाकोटीले यो प्रदर्शनीले विद्यार्थीमा खोज अनुसन्धानमा जग्रित बनाउने बताउनुभयो ।
रिलायन्स सिंगिङ आइडलमा कक्षा १२ का प्रशान्त खाती प्रथम हुनुभएको थियो भने कक्षा १२ कै सुवेश तामाङ द्वितीय, कक्षा ११ की दृष्टि कुलुङ तृतीय हुनुभएको थियो । सो समापन समारोहमा सक्रिय रूपमा भूमिका खेल्ने सबै विद्यार्थी तथा शिक्षक, कर्मचारीलाई प्रशंशा पत्र पदान गरिएको थियो ।
उक्त प्रदर्शनीमा रिलायन्स इन्टरनेशनल एकेडेमी प्रधानाध्यापक खेमलाल भुषाल, रिलायन्स एजुकेशन नेटवर्कका सञ्चालक भुवनेस्वरी पराजुली, संस्कृति विभागका प्रमुख दामोदर निरौला, रिलायन्स पब्लिका स्कुलका प्रधानाध्यापक वसन्तलाल लामिछाने, रिलायन्सको एडका प्रधानाध्यापक दशरथ ज्ञवालीलगायत नेटवर्कका विभिन्न विद्यालय तथा कलेजका संयोजकहरुको उपस्थिति रहेको थियो । उक्त प्रदर्शनी चाबवहिलस्थित सरस्वतीनगरमा रहेको रिलायन्स इन्टरनेशनल एकेडेमीकै प्रांगणमा प्रदर्शनी गरिएको थियो ।







Breaking news with related posts