
भोजपुर । साना सिंचाई कार्यक्रम अन्तर्गत तीन वटा कुलोको निर्माण कार्य एकैसाथ भएपछि भोजपुर नगरपालिका वडा नम्वर ८ का कृषकहरुमा उत्साह थपिएको छ । पक्की कुलो बनेसँगै सहजरुपमा हिउँदे तथा बर्खे खेती गर्न पाइने भएपछि स्थानीय कृषकहरुमा उत्साह थपिएको हो ।
कुलो अभावमा बर्षातको भरमा खेती गर्न बाध्य बनेको अवस्थामा ब्यवस्थित पक्की कुलो बने पछि खेतीमा सहजता देखिएको स्यालेखण्ड सिचाई कुलो निर्माण समितिका अध्यक्ष भगिरथ कठेतले बताउनुभयो । बन्दै गरेको कुलोले करिव तीन सय बढी रोपनी खेतीमा सहजता हुने कठेतको भनाई रहेको छ ।
केन्द्र सरकारको २० प्रतिशत, प्रदेश सरकारको २० प्रतिशत, भोजपुर नगरपालिकाको २० प्रतिशत, स्वीस सरकारको ३० प्रतिशत अनुदान र स्थानीय कृषकको १० प्रतिशत लगानीमा करिव ५८ लाख बरावरको तीन वटा कुलोहरु निर्माण भइरहेका छन् । वडा भित्र हाल साना सिंचाई आयोजना मार्फत ढुंग्रेबास सिचाई कुलो, स्यालेखण्ड सिचाई कुलो र भैसरा सिचाई कुलो निर्माणको चरणमा छ । तीन वटै कुलोका कामहरु अहिले तिव्ररुपमा अगाडी बढी रहेको वडाध्यक्ष नवीन प्रधानले बताउनुभयो ।
निर्माणाधिन तीन वटा कुलोहरु बनेपछि करिव एक हजार बढी रोपनी क्षेत्रफलमा सिचाईको पहुँच पुग्ने छ । जनप्रतिनिधी सहित वडाका सरोकारवालाहरुको सहभागितामा निर्माण कार्यको अनुगमन तथा निरीक्षण पनि निरन्तर भई रहेको छ । बनि रहेका कुलोहरुमा उपभोक्ताहरु आफै खटेकाले गुणस्तरीय काम भई रहेको अनुगमन समितिका सदस्य लक्ष्मण भुजेलले बताउनुभयो ।
कृषकका लागि आएको आयोजनामा उत्साह र मेहनतका साथ उपभोक्ताहरुको आफैले प्रत्यक्ष सहभागितामा जनाउनु सह्र्रानिय काम भएको अर्का अनुगमन सदस्य कुमार खडकाले बताउनुभयो । कुलो निर्माण भएपछि धान खेतीका साथै अन्य बालीहरु लगाउन पनि कृषकहरुलाई सहजता भएको स्थानीय खम्बबहादुर बानियाले बताउनुभयो ।
दीर्घकालिनरुपमा कुलो प्रयोगमा आउने गरी निर्माणमा आफुहरु आफै लागि परेकोले निर्माण कार्य गुणस्तरीय बनाईने ढुंग्रेबास सिचाई कुलोका अध्यक्ष शम्भु खडकाले बताउनुभयो । उहाँले भन्नुभयो, “निर्माण कार्य गुणस्तरीय बनाउनका लागि आफै नै कृषकहरु संलग्न भएर काम गरिरहेका छाँै, बर्षोपछि कुलो बन्न लागेको छ यो हाम्रो आफ्नै कुलो हो ।”
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच